- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsगणतन्त्र यत्ति गुनासो रह्यो

गणतन्त्र यत्ति गुनासो रह्यो

- Advertisement -spot_img

के पायौँ र भनेर ठूलठूला यहाँ नारा र बाजी गरी
मेरै देश बन्यो विखण्डन झन् यहाँ मेची र काली भनी
भुल्यौँ तिम्ले शहिदका हृदयका नौ लाखतारा सरी
आश्वासनको चाङ थपिदै गयो सत्ता र स्वार्थैभरी

खोला झैँ द्रूतरुपमा बगि रह्यो फुट्ने भयो यो नसा
कलकल बग्ने भयो रगत त्यहाँ फुट्ने भयो त्यो सिसा
ठूलठूला आन्दोलनहरु यहाँ जनताको साथै थियो
यत्ति रै’छ विडम्बना भनिदिनु त्यो साथ सिडी बन्यो

कस्तो सिडी बन्यो भनी सोधिदिनु उत्तर मै दिउला
तिम्रो सत्ता र कुर्सी जोगाइदिने भनी म भन्दिउला
जस्तो शासन आइदे पनि यहाँ कुशासन बनिदयो
घर–घरका अनि ठाउँ–ठाउँका घटनाले उहीँ भन्दियो

चल्दो रहेछ अनेक तन्त्रहरु सत्ताको मातै भए
मेरो आफ्नो यो भूमि हो म छोड्दिन जे–जे गर्यौ जे गरे
नाम एक अनि कुकर्महरुको फाँटै लगाए सरी
हाम्रो भोक अनि पीडा देख्दा देख्दै हिड्छौ नदेखे गरी

(शार्दुलविक्रीडित छन्द)
घोराही–१५,दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here