- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsभारतबाट संक्रमितसँगै आएका थिए

भारतबाट संक्रमितसँगै आएका थिए

- Advertisement -spot_img

दाङ, १५ जेठ ।
दाङमा बुधबार कोरोना पोजेटिभ देखिएका १५ जना नै भारतबाट आएकोहरू रहेको बुझिएको छ । दाङमा भेटिएका तेस्रो कोरोना संक्रमितको रूपमा भेटिएका युवासँगै एउटै बसमा आएकामध्येका सातजनामा कोरोना संक्रमण देखिएको छ ।

घोराही –३ का एक पुरूषमा ८ दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । उनी कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि कन्ट्याक्ट टे«सिङ गरेर उनीसँग आएका ५२ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकोमा घोराहीका ७ जनामा कोरोना पोजेटिभ देखिएकोे घोराही उपमहानगरपालिकाका कोरोना फोकलपर्सन विकेश रेग्मीले बताए । उनले अझै ८ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

घोराही उपमहानगर–पालिकामा बुधबार मात्रै कोरोना पोजेटिभ देखिएका सबैजना भारतबाट आएको र कृष्णनगरबाट पालिकाले उद्दार गरेर ल्याइएकाहरू हुन् । उनीहरू सबै क्वारेन्टाइनमा बसिरहेका थिए । जसमा तीनजना नारायणपुरको सिद्धरत्ननाथ माविको क्वारेन्टाइनमा, ३ जना गिठेपानी विद्यालयको क्वारेन्टाइनमा र एकजना बेलघारीको क्वारेन्टाइनमा रहेकाहरू हुन ।

उनीहरू सिधै क्वारेन्टाइनमा बसेको र समुदाय र परिवारसँग सम्पर्कमा नरहेको पाइएको छ । दाङका १५ जना संक्रमितहरू भारतबाट नै आएका हुन् । जिल्लाका सबै संक्रमितलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा बुधबार नै उपचारका लागि भर्ना गरिएको छ । अस्पतालमा अहिले विभिन्न पाँच जिल्लाका ४० संक्रमितहरूको उपचार भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here