- Advertisement -spot_img
Tuesday, June 15, 2021
HomeUncategorizedकोरोनाविरूद्ध खट्न कार्यकर्तालाई दाङ कांग्रेसको निर्देशन

कोरोनाविरूद्ध खट्न कार्यकर्तालाई दाङ कांग्रेसको निर्देशन

- Advertisement -spot_img

दाङ, १४ जेठ ।
नेपाली कांग्रेस दाङले सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एवं शुभेच्छुक सबैलाई कोरोना संक्रमणका विरूद्ध खट्न आग्रह गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमण बढिरहेको भन्दै सुरक्षित रहि यसको रोकथामका लागि लाग्न आग्रह गरेको हो ।
‘झनपछि झन कोरोनाको संक्रमण फैलिईरहेको अवस्था छ’ कांग्रेस दाङले गरेको निर्णयमा भनिएको छ ‘यो कठिन परिस्थतिबाट आम नागरिकलाई जोगाउनु दायित्व हाम्रो हो, यसर्थ आफू सुरक्षित रहि कोरोना संक्रमणको जोखिमविरूद्ध परिचालित हुन सबैमा अनुरोध गरिन्छ ।’
यसैगरी कोरोना परिक्षणको जाँच निकै सुस्त हुनु संक्रमणको खतराको अर्को कारण रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कोरोना परिक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको बैठकपछि काँग्रेस दाङका कीर्तिबहादुर खड्काले जानकारी दिए ।
यसैगरी भारतबाट आउनेहरूको संख्या बढिरहेको तर त्यहाँबाट आउनेहरूलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापनमा कमजोरी देखिएको भन्दै कांग्रेसले क्वारेन्टाइनको उचित व्यवस्थापनका लागि पनि तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अहिले बनाईएका क्वारेन्टाइनहरू निकै अव्यस्थित र गुणस्तरहीन छन्’ कांग्रेस दाङका सभापति खड्काले जारी गरेको बैठकको निर्णयमा भनिएको छ ‘क्वारेन्टाइन गुणस्तरीय बनाउनका लागि आग्रह गरिन्छ ।’
साथै सरकारले ल्याउन लागेको बजेट सबै फजुल खर्च कटौती गरी मितव्ययी, आत्मनिर्भर र उत्पादन केन्द्रित बनाउँदै स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि कांग्रेसले माग गरेको छ ।
यसैगरी पश्चिम रूकुम भएको हत्याकाण्डको पनि कांग्रेसले विरोध गरेको छ । साथै दोषीहरूलाई तत्काल हदैसम्मको कारवाहीका लागि सरकार समक्ष मागसमेत गरेको छ ।
यस्तै रोजगारदाताले श्रमिकहरूलाई पारिश्रमिक नदिएको गुनासो व्याप्त रहेको भन्दै कांग्रेसले सरकारले त्यसका लागि आकर्षक बजेट ल्याउन पनि माग गरेको छ ।
साथै कोरोना संक्रमणका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी, अधिकारकर्मीहरूको स्वास्थ्य बिमा र अन्य सुविधाको व्यवस्थापन गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here