- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरथप एकजनाको शव फेला

थप एकजनाको शव फेला

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम, १५ जेठ । पश्चिम रूकुमको चौरजहारी–८ सोती घटनामा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ ।
जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ कुदुका लोकेन्द्र सुनारको शव बुधबार किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए ।
योसँगै अन्तरजातिय प्रेम सम्बन्धलाई लिएर भएको झडपमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । अँझै दुई जना बेपत्ता रहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस अघि भेरी नगरपालिका वडा नं. ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो । बेपत्ता हुनेमा भेरी नगरपालिका वडा नं. ११ का गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक रहेका छन् ।
गत शनिबार राति नवराज विक आफ्नी प्रेमीका शुष्मा मल्ललाई ल्याउन आफ्ना साथीहरूलाई लिएर रूकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती पुगेका थिए ।
विवाहका लागि प्रेमिका ल्याउन गएको बेला सोतीका स्थानीयले आक्रमण गरेपछि ज्यान जोगाउन नवराजसहितका केही युवाहरू भेरी नदीमा हाम फालेका थिए ।
भेरी नदीमा पनि धमिलो भएकोले बेपत्ता भएकालाई खोज्न कठिन भएको छ । अन्तरजातिय प्रेमका कारण भएको घटनामा हराईरहेका अन्यको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।
घटना भएको पाँच दिनसम्म पनि हराएका सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेका आशंकामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ ।
घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरूद्ध किटानी जाहेरीसमेत दिएका छन् । रूकुम पश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने ८ जनाको खोजी भइरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here