- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर२१औं शताब्दीलाई गिज्याउँदै कोरोना

२१औं शताब्दीलाई गिज्याउँदै कोरोना

- Advertisement -spot_img

आजसम्म रोग लागेको समयमा विभिन्न आयुर्वेदिक तथा एलोपेथिक टिकिया सेवगन गरेको थाहा पाएका थियौं । सुई वा इन्जेक्सन लगाएको थाहा पाएका थियौं । झोल औषधि वा सिरप खाएको थाहा पाएका थियौं । अप्रेसन गरेको थाहा पाएका थियौं ।
रोगको उपचार तथा नियन्त्रण गर्ने यन्त्र, तन्त्र, मन्त्र, जन्त्र, संयन्त्र, प्रविधि, उपकरण, विधि, विज्ञान तथा ज्ञानको प्रयोग गरेको थाहा पाएका थियौं ।
तर यस्तो घरभित्रै थुनिएर बस्ने उपचार कहिल्यै थाहा पाएनौं र पाइएन । यदि हिजोको समयमा थियो र भयो भने पनि त्यो अविकसित र अज्ञानको उपज हुनसक्थ्यो ।
तर आज जसलाई हामी विज्ञानको युग भन्छौं । जसलाई हामी विकसित युग भन्छौं । जसलाई हामी समृद्धिको युग भन्छौं । जसलाई हामी ज्ञान र सचेतनाको युग भन्छौं ।
जसलाई हामी नयाँ युग भन्छौं । जसलाई हामी सूचना तथा सञ्चारको युग भन्छौं । जसलाई हामी सरल र सहजीकरणको युग भन्छौं । जसलाई हामी सेवा र सुविधाको युग भन्छौं ।
जसलाई हामी विकास र प्रविधिको युग भन्छौं । जसलाई हामी उपकरण र उपायको युग भन्छौं । जसलाई हामी प्राकृतिकलाई जित्न सक्ने कृत्रिम युग भन्छौं । जसलाई हामी भौतिकवादको युग भन्छौं र जसलाई हामी २१औं शताब्दीको नयाँ युग भन्छौं ।
यस्तो युगमा दुई–दुई महिना लकडाउन गरेर, सामाजिक दूरी कायम गरेर आफ्नै घरमा मात्र थन्किएर, रन्किएर, सन्किएर, झन्किएर, फन्किएर, तन्किएर बस्नु परेको अवस्थालाई नियाल्दा यो साँच्चिकै हो कि, सपना हो ? आफैले आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको छ ।
हिजो भर्खरै मात्र कुनै प्रमाण पेश गर्नुपर्दा वा कुनै तर्क–विकर्त गर्नुपर्दा वा कुनै कुरालाई सत्य प्रमाणित गर्नुपर्दा भन्ने गरिन्थ्यो । यो २१औं शताब्दी हो, यो कुनै चानचुने कुरा होइन ।
यो समयमा आइपुग्दा पनि यस्ता झिना–मसिना कुरा गर्ने ? सबैले यस्तै–यस्तै भन्ने गर्थे र यो २१औं शताब्दीको ठूलो महिमा गाउँथे ।
आज कोरोनाको कहरमा आउँदा २१औं शताब्दी कहाँ भाग्यो, कहाँ गयो, कहाँ बग्यो, कहाँ उड्यो, कहाँ गुड्यो, कहाँ लुक्यो, कहाँ छिप्यो, कहाँ दब्यो, कहाँ छोपियो, कहाँ तोपियो, कहाँ ओतियो, कहाँ पोखियो, कहाँ घोप्टियो, कहाँ निस्क्यो, कहाँ त्रसियो, कहाँ भड्कियो,
कहाँ ओझेलमा प¥यो, कहाँ ओतमा लाग्यो, कहाँ भासियो, कहाँ नासियो, कहाँ अलपत्र प¥यो ? कोही कसैलाई थाहा छैन ? यतिबेला कोही कसैले पनि यो २१औं शताब्दीलाई सोध,
खोज र चियो चर्चो गरेकै छैनन् ? यसरी यो कोरोनाको कहरमा एकाएक २१औं शताब्दीको महात्म्य, महिमा, कथा, प्रभाव, शक्ति र व्यापकताको प्रचारबाजी हराएरै जाँदा मनमा प्रश्नहरू उब्जिएर के साँच्चिकै कोरोनाले यो शताब्दीलाई जिस्काएकै हो त ?

विशेषगरी आजको समयमा कोरोनाको कहर भएपनि त्यो सबैको पुहँच र विस्तार नै मानव–मानवबीचको सम्पर्क र सम्बन्ध बनेको छ । एउटा मान्छेबाट अर्को मान्छेमा सर्न सक्ने जोखिम भएका कारण नै कुनै संक्रमित व्यक्तिको फन्दामा त परिने होइन ? आज सबैका मनमा यही भय र त्रासले डेरा जमाएर बसेको छ । मान्छे–मान्छे बीचको अतुलनीय सम्बन्धलाई पछिल्लो समयमा कोरोनाभाइरसको कारणले गर्दा मानवीय सम्वन्ध दानवीय बन्दैछ । जसका कारण आज २१औं शताब्दीमा पनि यही महामारीले गिज्याउँदै छ ।


के हो कहरले यो शताब्दीलाई खिज्याएकै हो त ? गिज्याएकै हो त ? न टेरेकै हो त ? परिक्षण गरेकै हो त ? परीक्षा गरेकै हो त ? होच्याएकै हो त ? दबाएकै हो त ? हेपेकै हो त ?
दमन गरेकै होत ? नमानेकै हो त ? आखिर के हो त ? यदि यसो होइन भने आज कुनै व्यक्ति र परिवार मात्र नभएर सिंगो विश्व किन लकडाउन गरेर भित्र पस्न, फस्न र बस्न बाध्य छ ? यो कोरोनालाई जित्ने उपाय किन दिनप्रतिदिन निरअर्थक बन्दैछ ?
किन आजभन्दा भोलि, भोलिभन्दा पर्सी यो लकडाउन सर्वोच्च उपाय बन्दैछ ? कोरोनालाई नियन्त्रण र निदान गर्ने उपाय र औषधि बन्ने बेला समयसम्म पनि किन विश्व ठप्प छ र संसार लकडाउनमा छ ?
लकडाउन प्रचारवाजी र सहजीकरण गर्नाका लागि अहिलेको रोगको एकमात्र अन्तिम उपाय भएपनि या सञ्जिवनीको रूपमा सिद्ध हुन सकिरहेको छैन । यो आफै सकडाउनमा परिणत भइरहेको छ । अर्थात् यो सकडाउनले मानिसमा भएको शक्तिलाई सकेको छ ।
जोशलाई सकेको छ । जाँगरलाई सकेको छ । हिम्मतलाई सकेको छ । तागतलाई सकेको छ । बलबुतालाई सकेको छ । पराक्रमलाई सकेको छ । योजनालाई सकेको छ ।
लक्ष्यलाई सकेको छ । उद्देश्यलाई सकेको छ । इच्छालाई सकेको छ । चाहनालाई सकेको छ । कामनालाई सकेको छ । पौरखलाई सकेको छ । ज्ञान र सिपलाई सकेको छ । विद्या र बुद्धिलाई सकेको छ । क्षमता र दक्षतालाई सकेको छ । योग्यता र उर्जालाई सकेको छ ।
भावना र चाहनालाई सकेको छ । आत्मबललाई सकेको छ । प्रेरणा र हौसलालाई सकेको छ । उत्साह र उमंगलाई सकेको छ । योजना र तर्जुमालाई सकेको छ । आरम्भ र प्रारम्भलाई सकेको छ । थालनी र सुरूवातलाई सकेको छ । सपना र कल्पनालाई सकेको छ ।
आशा र भरोसालाई सकेको छ । अपेक्षा र प्रतिक्षालाई सकेको छ । संयोग र मिलनलाई सकेको छ । शान्ति र कान्तिलाई सकेको छ । चमक र दमकलाई सकेको छ । चड्किलो र भड्किलोलाई सकेको छ । उन्नति र प्रगतिलाई सकेको छ । विकास र गतिलाई सकेको छ ।
सामथ्र्य र क्षमतालाई सेकको छ । सन्तुष्टी र खुशीलाई सकेको छ । आत्मीयता र प्रशन्नतालाई सकेको छ । भविष्यलाई सकेको छ र मानवका यावत मनोगत दृष्टि र भावनालाई सकेको छ ।
लकडाउन, सकडाउनमा परिणत हुँदा जसरी यसले मानिसका बाहिरी आवरणीय गुण, विशेषता सकेको छ । त्यसरी नै यसले घरभित्रको सम्पूर्ण उपभोक्ताका पदार्थ र वस्तुभाउसमेत सकेको छ । यो सकडाउनले घरभित्रको अन्नपात सकेको छ । दाल तरकारी सकेको छ ।
कुखुरा चल्ला सकेको छ । वस्तुभाउ सकेको छ । गाई–भैंसी सकेको छ । भेडा बाख्रा सकेको छ । हाँडो–भाँडो सकेको छ । श्रीसम्पत्ति सकेको छ । कामधन्दा सकेको छ । व्यापार, व्यवसाय सकेको छ । मेलापात सकेको छ । खेतबारी सकेको छ । उद्योग–धन्दा सकेको छ ।
ज्याला मजदुरी सकेको छ । संघसंस्था सकेको छ । कलकारखाना सकेको छ । रोजी–रोटी सकेको छ । आयआर्जन सकेको छ । अर्थात् मानवले आफ्नो जीवनयापन गर्नको निमित्त अपनाउने, अपनाएको र अपनाउँदै आएको हरेक क्रियाकलाप, गतिविधि तथा दिनचर्यालाई सकेको छ ।

यो सकडाउनको अवस्थामा नियाल्ने कसले ? हेर्ने कसले र विचार्ने कसले ? सबैले लकडाउन–लकडाउन भनिरहदा र उपचारको पद्धति नै यहीँ हो, भनिरहदा यो लकडाउनकै कारण कुन व्यक्ति कहाँ कसरी किन गुज्रिरहेको छ, खुम्चिरहेको छ, आत्तिरहेको छ,
पाट्टी रहेको छ, आकुल बनिरहेको छ, ब्याकुल बनिरहेको छ ? त्यसको डाटा छ ? त्यसको रिपोर्ट छ ? त्यसको प्रमाण छ ? त्यसको प्रोफाइल बनेको छ ? आजै लकडाउन, भोलि लकडाउन, पर्सि लकडाउन, घण्टौं लकडाउन, हप्तौं लकडाउन, महिनौं लकडाउन ?
यदि यो कोरोनाले वर्षौवर्ष लिने भयो भने के गर्ने ? त्यतिबेलासम्म पनि लकडाउन नै र्ने ? फेरी लकडाउन गरेर पनि यो रोगले छुदै नछोएको हो र ? मर्दै नमरेको हो र ? भेट्दै नभेटेको हो र ?
यदि यो एकमात्र रोगको निदान गर्ने र उपचार गर्ने शस्त्र अस्त्र होइन भने यसलाई परिमार्जन नगर्ने किन ? हिजो अस्तीसम्म एकदिन देश बन्द हुँदा वा ठप्प हुँदा अरबौँ अरबको घाटा नोक्सानी, व्यय, खर्च र
नोक्सानी हुन्छ भनेर प्रमाण र आधारपुष्टि गर्ने अर्थविद् तथा सरोकारवालाहरू आज महिनौँ दिनसम्म पनि विश्व बन्द हुँदा, संसार ठप्प हुँदा र ब्रह्माण्ड लकडाउन हुँदा कुनै फरक परेन ? कस्तो गजबको कुरा ? सुन्दा, देख्दा, पढ्दा, भोग्दा र लेख्दासमेत अचम्म र उदेक लाग्ने !
यहाँ कसैलाई थाहा छ, यो महामारी कतिसम्म रहन्छ ? यहाँ कोहि कसैलाई जानकारी छ, कोरोना कहिले नियन्त्रणमा आउँछ ? यहाँ कोहि कसैलाई ज्ञान छ, कोरोनाले संसारबाट कहिले बिदा लिन्छ ? 
आफ्नो क्षमता, बलबुता, नीति नियन्त्रण, उपकरण, वश, तागतभन्दा बाहिरको कुरामा किन यो लकडाउन अचुक उपाय बन्दैछ ? थाहा छ, यो उपाय नअपाउने हो भने स्थिति योभन्दा निकै भयावह हुँदै जानेछ  । तर आजको अवस्थामा पनि शुन्य डिग्रीमा किन आएन त ? त्यसको कमि र कमजोरी के हो ?
सबैको लत्ता, भत्ता, सत्ता र जत्था हरण गर्न सक्ने यो सकडाउनरूपी लकडाउनलाई कतिञ्जेल प्रयोगमा ल्याउने ? महामारी सकिएला, नसकिएला, यो प्राकृतिक कुरो भयो । यो देखि २१औँ शताब्दी पनि भागेको कुरा भयो । तर यो लकडाउन तर मानवरूपी वा मानव घोषित कृत्रिम व्यवस्था हो नि !
आज यो लकडाउन पनि कोरोनाभन्दा कम शक्तिशाली महामारी छैन । यसले पनि सम्पूर्ण मानवलाई तहस–नहस पारेको छ । एकातिर कोरोनाको कहर छ भने अर्कोतिर लकडाउनको लहर छ । यो कहर र लहरको दुबै चपेटामा कतिञ्जेल जनता जेलको जीवन यापन गर्नुपर्ने हो ?
सबैले अत्यन्त गम्भीरताका साथ लिनुहोला र बुझ्नुहोला । किनभने कोरोना भाइरस त मुखमा मास्क लगाउँदा पनि कम गर्न सकिएला । घरबाहिर ननिस्कदा पनि कम गर्न सकिएला, सामाजिक दूरी कायम गर्दा कम गर्न सकिएला, शारीरिक सरसफाईले कम गर्न सकिएला,
वातावरण सरसफाईले कम गर्न सकिएला । तर लकडाउनबाट उत्पन्न समस्या, अभाव, पीडा, भोक, प्यास, तीर्खा, यातना, तनाव, छटपटी, भय, त्रास, आक्रोस, थकान यावत दुःख निम्त्याउने अवस्था के गर्दा कम हुन्छ र निदान हुन्छ ? त्यसको व्यवस्था गर्ने कसले ? उपाय सिकाउने कसले ?
यो भाइरसजस्तै गुण र प्रकृतिको त अवश्य हैन होला, यस्तो बेलामा के गर्ने ? लौन उपाय त चाहियो नि ?
एउटा डल्लो साबुन र एक जग पानीले डराउने भाइरसले आज किन विश्व थर्कायो ? एकबित्ते टालो मास्कले डराउने भाइरसले आज संसार किन तर्सायो ? एकथोपा सेनिटाइजरको गन्धले लुक्न जाने भाइरसले आज २१औँ शताब्दीलाई किन गिज्यायो ? त्यो के हो र के होइन ?
कृपया छल, नगरी भनिदेऊ प्रभु ! बडो अन्यौलमा परियो । बडो गम्भीरमा परियो । कुन उपायले यो सबै समाधान होला ? यो लकडाउनले एकडाउन पार्ने हो की ? कुनै बाटो पत्ता लाग्ने हो ?
आजका मीतिसम्म किन कसैको उपायले काम गरेन ? हिजोसम्म त मानिसले विश्व खायो भन्थे र भनिन्थ्यो पनि । आज त विश्व खाने मानव नभएर कोरोना र लकडाउन पो भयो ।
यो लकडाउनको उत्पत्ति र महात्मय पनि सुन्ने ईच्छा जागेर आयो प्रभु ! यदि यसको सम्पूर्ण कथा–कहानी रहस्य, प्रमाण, सत्य र तथ्य पाउन पाए राम्रो हुने थियो । यसको जन्म कसरी भयो, यसको नामाकरण कसरी भयो ? यसको विस्तार कसरी भयो ?
आज विज्ञानको युगमा विनास बनेर आउने र २१औँ शताब्दीमा ११औँ शताब्दी बनेर आउने यति शक्तिशाली महामारी सँगसँगै जोडिएर र गाँसिएर आउने यो लकडाउन के हो ?
किन यसलाई परिवर्तन गर्न नचाहने ? किन यसलाई बदल्न नचाहने ? किन यसलाई फेर्न नचाहने ? किन यसलाई परिमार्जन गर्न नचाहने ? किन यसलाई समिक्षा गर्न नचाहने ?
किन यसलाई मूल्यांकन गर्न नचाहने ? किन यसलाई जोख्न र तौल्न नचाहने ? आजको दिनमा यो नै सर्वश्रेष्ठ उपाय नहोला तर यसले उब्जाएका अनेकौँ तरंग र ज्वारभाटाहरूलाई साम्य र शान्त गर्ने कसरी ? विकसित युगको धर्म र कर्तव्य के हो? युगको चर्चा र बयान गरीरहँदा मुखबाट पानी रसाउन थाल्दछ ।
यो युग यस्तो युग हो जसले मानवलाई जीउँदै स्वर्ग देखाउन सक्छ । यस्तो युगको मुखमा बाँचिरहँदा आजको स्थिति र परिस्थिती भोग्नु पर्दा लाग्दैन कि यो त्यही स्वर्ग देखाउने विकसित युग हो भनेर । हामीले जान्न र ठान्नु पर्ने कुरा के रहेछ भने,
हरेक कुरा सक्दा र भ्याउँदासम्मका गफगाफ र फुर्ति–फार्ति मात्र रहेछन् । यदि समयसँग जुध्न सकिएन र समयसँग लड्न सकिएन भने सबै कुरा हावाका कण बन्दा रहेछन् ।
मैले २१औँ शताब्दीका बारेमा यति सुनेर सुनाए । जुन कुरा भनि साध्य छैन, गरी साध्य छैन र लेखी साध्य छैन । आजको त्यो बालक बबुरोजस्तै बनेको छ । कसले के गर्ने? शक्ति सँधै शक्ति बन्दो रहेनछ । भक्ति सँधै भक्ति बन्दो रहेनछ सबै पुगीसरीका कुरा रहेछन् ।
हिजोसम्म आकासका जुन–तारा टिपी खाने सपना देखेको मानव आज आफै हातले खेतवारीमा छरेको गहुँ जौँ, तोरी, मसुरो, लगायतका अन्नबाली रोपी खाने क्षमता समेत गुमाएको छ ।
उसलाई खेतसम्म जाँदा पनि महामारी भय छ । उसलाई बारीसम्म जाँदा पनि महामारीकै त्रास छ । उसलाई पानी पँधेरेमा जाँदा पनि महामारी कै आतंक छ । मान्छे जहाँ पुग्छ उसका लागि त्यहाँ महामारी छ कि भन्ने एक किसिमको आशंका, भ्रम र जाल छ ।
कस्तो समय आयो ? मान्छे देख्दा मान्छे लुक्नु पर्ने । मान्छे देख्दा मान्छे जोगीनुपर्ने यो सभ्य समाज र यो भव्य समाजमा आज एउटा मानव अर्को मानवका लागि रोग होकी, भोक होकी, काल होकी ? भनेर सोच्नुपर्ने बेला भएको छ ।
विशेषगरी आजको समयमा कोरोनाको कहर भएपनि त्यो सबैको पुहँच र विस्तार नै मानव–मानवबीचको सम्पर्क र सम्बन्ध बनेको छ ।
एउटा मान्छेबाट अर्को मान्छेमा सर्न सक्ने जोखिम भएका कारण नै कुनै संक्रमित व्यक्तिको फन्दामा त परिने होईन ?
आज सबैका मनमा यही भय र त्रासले डेरा जमाएर बसेको छ । मान्छे–मान्छे बीचको अतुलनीय सम्बन्धलाई पछिल्लो समयमा कोरोनाभाइरसको कारणले गर्दा मानवीय सम्वन्ध दानवीय बन्दैछ । जसका कारण आज २१औँ शताब्दीमा पनि यही महामारीले गिज्याउँदै छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here