- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरपीडित संघद्वारा खाद्यान्न

पीडित संघद्वारा खाद्यान्न

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ जेठ । पीडित सेवा संघ दाङले कैदीबन्दीका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । संघले बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० र ११ मा खाद्यान्न सामग्री सहयोग गरेको हो ।
दुई वडाका गरी कैन्दीबन्दीका बालबालिका रहेका पाँच घरपरिवारलाई घरमै पुगी राहत सहयोग गरिएको संघका जिल्ला संयोजक टोपबहादुर महतराले जानकारी दिए ।
बेलटाकुरामा कैन्दीबन्दीका बालबालिका रहेका एक घर परिवार, मल्यडाँडाका दुई घरपरिवार र गौरीगाउँका दुई घरपरिवालाई राहत वितरण गरिएको उनले बताए ।
संघले एकजना बालबालिका भएको परिवारमा ३ हजार, दुईजना बालबालिका भएको परिवारलाई ५ हजार ५ सय र तीनजना भएको परिवारमा आठ हजार बराबरको चामल, तेल, नुनलगायतका खाद्यान्न सहयोग गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here