- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsऔषधीजन्य वस्तु व्यवस्थित गर्नुपर्ने

औषधीजन्य वस्तु व्यवस्थित गर्नुपर्ने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ जेठ । लकडाउनको समयमा औषधीजन्य वस्तुको उत्पादन र वितरणलाई सहजता बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बुधबार औषधीजन्य वस्तुहरूको उत्पादन, आयात र वितरणमा परेका समस्या र समाधानका विषयमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
औषधी व्यवस्था विभाग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा भएको भर्चुअल डिजिटल अन्तरक्रियामा विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी उत्पादन, आयात र वितरणमा भएका समस्यालाई समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।
उनले दैनिक गतिविधि र समस्या समाधानका लागि विधि एवं प्रक्रियाको बारेमा विवरणात्मक सुझाव संकलन गर्दै आपूर्ति व्यवस्थालाई सहज गरी सेवा प्रवाह गर्न आग्रह गरे ।
उनले प्रशासनिक रूपमा आईपर्ने समस्या र सँगै प्रशासनका गतिविधिहरूलाई सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले औषधी वितरणको प्रणालीलाई व्यवस्थित, मर्यादित र सेवामूलक जरूरी रहेको औंल्याए ।
औषधी व्यवस्था विभागको निर्देशनलाई पालना गर्दै उत्पादक संघ, आयातकर्ता संघ र थोक औषधी व्यवसायीको त्रिपक्षीय समन्वय र समझदारीमा एकरूपता ल्याउन व्यवसायिक नीति निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।
औषधी व्यवसायमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण उधारो कारोबार बढी हुने भएको भन्दै तत्काल यस्तो प्रवृत्तिलाई रोक्नुपर्ने उनको माग छ ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय महासचिव रामचन्द्र शर्माले औषधी आपूर्तिलाई व्यवस्थित गरी अत्यावश्यक औषधी जनताको पहँुचमा पु¥याउनुपर्ने बताए । यसका लागि सम्बन्धित सरकोकारवाला निकायहरूको समन्वय बलियो हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल आयातकर्ता संघका महासचिव पवन आचार्य, नेपाल औषधी उत्पादक संघका अध्यक्ष जि नारायण बहादुर क्षेत्री, आयातकर्ता दिपक तिब्डेवाल,
प्रकाश खन्डेवाल र पृथ्वीराज वैद्यलगायतले लकडाउनको समयमा जोखिम वहन गर्दै सेवाप्रवाह गरिरहेका औषधी व्यवसायीहरूलाई सरकारले ब्याजदर छुटमा समावेश नगरेको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरूले विदेशबाट आयात गर्नुपर्ने क्रिटिकल केयर र लाइफ सेविङ भ्याक्सिन तथा अन्य औषधीहरू आयात भईरहेको र सकभर बजारमा यसको अभाव हुन नदिने प्रयास भईरहेको बताए ।
यस्तै आयात हुने औषधीहरूको नविकरण र नयाँ औषधीहरूको दर्ता प्रक्रियालाई सहज र सरल बनाईदिन औषधी व्यवस्था विभागसँग आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्बर ५ का अध्यक्ष शालिकराम आचार्यले औषधी आपूर्तिमा ढिलाइ हुने गरेको कारण बेला–बेलामा अत्यावश्यक लाईफ सेविङ र क्रिटिकल केयरका औषधीहरूको अभाव हुने गरेकोले औषधी आपूर्तिको लागि ढुवानी व्यवस्थामा सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ प्रदेश नम्वर १ का अध्यक्ष विपुल दास, प्रदेश नम्वर ४ का अध्यक्ष रूद्र मल्ल र नेपाल औषधी उत्पादक संघका महासचिव विप्लव अधिकारीलगायतको सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here