- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsदाङमा एकैदिन थपिए १५ जना कोरोना संक्रमित

दाङमा एकैदिन थपिए १५ जना कोरोना संक्रमित

- Advertisement -spot_img

दाङ ।
दाङमा बुधवार एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

दाङको घोराही उपमहाननगरपालिका वडा नं १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नं १८ का ४ जना रहेका छन । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरेर लमही नगरपालिका वडा नं १ का २६ वर्षिय १ जना, वडा नं २ का १७, ३० वर्षका दुईजना वडा नं ४ एक जना, २६ वर्षिय पुरुष, वडा नं ५ का तीनजना २० वर्षका दुईजना र २३ वर्षका एकजना रहेका छन् ।

यसमा २० वर्ष एक जना महिला पनि छन । वडा नं ६ का एक जना १८ वर्षिय रहेका छन । एकजना महिला सहित सबै १७ वर्ष देखि ३० वर्ष सम्मका रहेका छन । यसको पूर्ण विवरण संकलन भइरकेको र दिउँसो ४ बजे पछि मात्रै सार्वजनिक गरिने तयारी गरिएको छ ।

यसै गरेर रुकुम पूर्वका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । पुथा उत्तरगंगा वडा नं १४ र १५ का तीनजनामा पोजेटिभ देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति प्राडा संगीता भण्डारीले दाङमा कोरोना सक्रमितहरुको सख्या बुधवार थपिएको बताइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here