Thursday, March 28, 2024
Homeफिचरकोरोनाभाइरस र छुवाछुतको पीडा

कोरोनाभाइरस र छुवाछुतको पीडा

- Advertisement -spot_img

सन् २०१९ को अन्तिम र २०२० को शुरूवातसँग चनीको वुहानबाट महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले आज विश्व आक्रान्त छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तो विपद्लाई व्यवस्थापन गर्नका लागि हरेक देशले आफ्नो शक्ति लगाएको छ ।
आफ्नो क्षमताले भ्याएसम्म आ–आफ्नो देशका संयन्त्रहरू परिचालन गरिएका छन् । दिनदिनै स्वास्थ्य परिक्षण भइरहेका छन् । तर पनि संक्रमित बढिरहेका छन् भने कतिपय कोरोनाका कारणले लाखौं मानिसले ज्यान पनि गुमाइसकेका छन् । कुनै पनि रोगले धनी र गरिब भन्दैन ।
राजा, महाराजा भन्दैन । डाक्टर वा स्वास्थ्यकर्मी भन्दैन । सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी, व्यापारी वा सर्वसाधारण नागरिक केही पनि भन्दैन । मौंका पर्दा रोगले ग्रसित पार्छ, ज्यान पनि लिन्छ ।
समय र अवस्थानुसार रोगले फरक–फरक स्वरूप लिएर विश्वमा विपत्ति निम्त्याउँछ ।
त्यही विपद् आज नेपालमा पनि कोरोनाभाइरसका कारण देश लकडाउनमा छ । हरेक क्षेत्रका उद्योग, कलकारखाना, व्यापार, निर्माणका कामहरू सबै ठप्प जस्तै छन् ।
सरकारी कार्यालयहरू पनि आज बन्दको अवस्थामा छन् । हरेक क्षेत्रमा कार्यरत नागरिकहरू आज कामविहीन भएर बसेका छन् । श्रम गरेर खाने मानिसको आज बिचल्ली भएको छ ।
सरकारकाले पनि कतिलाई कहिलेसम्म राहत बाँड्न सक्छ ? त्यो नि नागरिकले राहत बुझी साँझ बिहानको छाक टार्न सक्ने ? हिम्मत, जागर र विश्वास आज हरेक नागरिकले लिन जरूरी छ ।
रोग ल्याउनेको रोगलाई हटाउने त्यसको जिम्मेवारी हामी नै हौं । किनभने रोग तपाई हाम्रो आहारविहार, रहनसहन, बानी, व्यवहारले निर्धारण गर्छ । यदि हामी बानी,
व्यवहार राम्रो छ भने हामीलाई कहिल्यै पनि रोग लाग्न सक्दैन ? तर तपाई हाम्रो व्यवहार गलत छ भने तपाई हामीलाई रोग लाग्न सकछ । मानव जीवनमा आइपर्ने समस्यासँग जुध्नका लागि हरेक मानिसमा स्वाभिमान, आत्मवल, आत्मविश्वास हुन जरूरी छ ।
जसमा आत्मविश्वास र आत्मबल छ भने हरेक समस्याको सामना गर्दै हरेक आपत्ति र विपत्तिसँग लड्न सकिन्छ ।
अहिले सबैभन्दा ठूलो महत्वपूर्ण चिज भनेको आत्मबल र आत्मविश्वास हो । जो हरेक मानिसमा हुन्छ । तर त्यसलाई सहज ढंगले हरेक मानिसले चलाउन सक्नुपर्छ ।
जीवनलाई सुखी राख्ने कि दुःखी राख्ने भन्ने स्वयम् त्यो व्यक्तिको हातमा छ । आज हरेक व्यक्तिले सुखी जीवनको महत्वलाई बुझी आ–आफ्नो व्यवहारमा परिवर्तन गरी आत्मबलको विकास गर्न सक्यौं भने कोरोनाभाइरस मात्र होइन यो भन्दा जटिल रोगहरूसँग पनि सामना गर्न सकिन्छ ।
त्यही व्यवहार र आत्मबलकै कारण आज आफू जोखिम रहेर परिवारभन्दा टाढा रहेर पनि डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गरिरहनु भएको छ ।
उहाँहरूले गरिरहेका काममा आज तपाई, हामीले हौसला दिने र प्रोत्साहन गर्ने काम गर्न जरूरी छ । उहाँहरूको मनोबल बढेमा हामीले यस्ता रोगको विपत्तिको सामना गर्न सक्छौं ।
आज हरेक नागरिकले बुझ्न जरूरी छ । कोरोनाभाइरसबाट आफू बच्न र अरूलाई पनि बचाउनका लागि सरकारले गरेको काममा हरेक नागरिकले सहयोग गर्न जरूरी छ ।
रोगबाट बच्नका लागि दिएको निर्देशन र बताइएका नीति, नियमहरूको पालना गर्न तपाई, हाम्रो कर्तव्य हुन जान्छ । हरेक मानिस आफ्नो कर्तव्यप्रति प्रद्धिवद्ध भए हरेक विपत्ति सँग जुध्न सकिन्छ ।
आज कोरोनाका कारण मृत्यु भएका परिवारमा कति पीडा छ होला ? त्यसको मापन गर्न सकिदैन । किन कि आफन्तको मृत्यु हुँदा छुन पनि पाउँदैन, आगो दिन पनि पाइदैन र नजिक जान पनि पाइदैन ? टाढा बसेर मनको बललाई बाँधी टुलु–टुलु हेर्नुपर्ने भएको छ ।
आज आफ्नै घरको छोरा, भाइ, भतिज, बुवा, आमा बाहिरबाट आउँदा घरभित्र प्रवेश गर्न नदिने अवस्था आएको छ । यसबाट कति पीडा हुन्छ होला कल्पना गर्न सकिदैन ?
कोरोनाभाइरस लागेका मानिसलाई समाजले स्वीकार्ने अवस्था छैन । छि–छि र दूर–दूर गर्ने अवस्था छ । के यो मानवीय कर्तव्य हो ? त्यही हो मानवीय चरित्र ?
हैन हामी सबैले मानवीय कर्तव्यको पालना गर्दै सुरक्षाको अवस्थालाई कायम राख्दै सबैमा भाइचारा, सद्भाव र स्नेह प्रेमको भावना राख्न जरूरी छ । आज त्यही सद्भाव खलबलिन गएमा समाजमा अशान्ति फैलिन्छ । अशान्तिबाट नै क्रान्तिको जन्म हुन्छ, युद्ध हुन सक्छ ?
यस्तो अवस्थाबाट सबैले बुझेर एकले अर्काप्रति गरिने व्यवहारलाई आत्मसाथ गरौं र सद्भाव कायम गरौं ।
यसो हेर्दा लकडाउन गरेको समय पनि करिब दुई महिना नाघिसकेको छ । दुई महिनाको यो अवस्थाले मानव जीवनमा कति पीडा भएको छ ? यो तपाई हामी सबैले महसुस गरेका छौं । यो पीडाले आज हरेक नेपालीको घरपरिवारमा छ ।
कोरोनाका कारण पीडा छोटो समयमा त यस्तो छ भने सीप, कला र संस्कृतिका धनी दलित समुदाय जो सदियौंदेखि छुवाछुतको बज्रप्रहार सहदै आइरहेका छन् । जातीयभित्रको छुवाछुतको पीडा कति गम्भीर रहेछ भनेर भन्न आज कोरोनाभाइरसले हरेक नेपालीलाई सिकाएको हुनुपर्छ ।
नेपालमा जातीय भेद्भाव र छुवाछुत हुन दिनेछैनौं भनी नेपाल सरकारले सबै किसिमका जातीय भेद्भाव र छुवाछुत अन्त्य गर्ने महासन्धीलाई नेपालले सन् १९७१ जनवरी ३० मा अनुमोदन गरेको छ । अनुमोदन गरेको पनि आज ४८ वर्ष पूरा भइसकेको छ ।

आज नेपालमा विभिन्न किसिमका अभियानहरू पनि चलाइएका छन् । ती अभियानमा लाखौं रूपैयाँ सरकारले खर्च गरेको छ । तर मानिसले मानिसलाई छुन नमिल्ने, बहिष्कार गर्ने, छुवाछुट अन्त्य गर्ने अभियान कहिल्यै चलेन । यसको लागि सरकारले कहिल्यै बजेट पनि छुट्याएन । यसरी अभियान नचलेकोले अहिले पनि छुवाछुतका पीडाका घटनाहरू भइरहेका छन् ।


तर पनि जातीय भेद्भाव र छुवाछुतका घटना भएकै छन् । दलितलाई बहिष्कार गरिएकै छ । कुटपिट गरिएकै छ । फूर्तिमात्र हैन आज नेपाललाई २०६५ साल जेठ २१ गते छुटछुतमुक्त राष्ट्र घोषणा गरिसकिएको छ । तर पनि छुवाछुतका घटनाका पीडाहरू भइरहेका छन् ।
जातीय भेद्भाव र छुवाछुतको अन्त्य गर्ने ऐन, कानुन बनेका छन् तर त्यसको सही ढंगले कार्यान्वयन हुन सकेको छैन । लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ पनि आज लागू भएको छ ।
विधानको धारा २४ मा पनि जातीय छुवाछुत गर्नुहुँदैन ? यो दण्डनीय अपराध हो भनी व्यवस्था गरिएको छ । तर छुवाछुत भइरहेकै छ । यो कहिले अन्त्य हुन्छ त ? त्यसै भन्न सक्ने अवस्था छैन ।
आज नेपालमा विभिन्न किसिमका अभियानहरू पनि चलाइएका छन् ।
ती अभियानमा लाखौं रूपैयाँ सरकारले खर्च गरेको छ । तर मानिसले मानिसलाई छुन नमिल्ने, बहिष्कार गर्ने, छुवाछुत अन्त्य गर्ने अभियान कहिल्यै चलेन । यसको लागि सरकारले कहिल्यै बजेट पनि छुट्याएन । यसरी अभियान नचलेकोले अहिले पनि छुवाछुतका पीडाका घटनाहरू भइरहेका छन् ।
कोरोना लागेको मानिसलाई बहिष्कार गर्दा र आफन्तले छुन नपाउदाको पीडा जस्तै आज दलित समुदायले छुवाछुत जस्तो अमानवीय पीडा सदियौेंखि भोग्दै आएका छन् । कोरोनाको पीडा त मानव जीवनमा समय र अवस्थाले ल्याएको पीडा हो ।
तर मानिसले मानिसलाई बहिष्कार गर्ने, तिरस्कार गर्ने, मानिस नछुने, टाढा राख्ने व्यवहारले मानव जीवनलाई कस्तो प्रभाव पार्छ होला ? अलिकति सोचौं त कस्तो हुन्छ हुन्छ ?
आज दुई महिना घरमा थुनिएर बस्दाको पीडा र सदियौंदेखिको छुवाछुतको पीडालाई तुलना गर्नु त कस्तो हुन्छ होला ? आज हरेक नागरिकले आ–आफ्नो व्यवहार परिवर्तन गर्न सक्यौं भने हरेक पीडाबाट आफू पनि मुक्त हुन्छ र अझलाई पनि मुक्त गर्न सकिन्छ ।
अन्त्यमा, कोरोनाभाइरसभन्दा पनि ठूलो रोग जातीय भेद्भाव र छुवाछुत पनि हो । जुन मानवीय कलंकको रूपमा जडा गाडेर बसेको छ । आजैबाट हरेक नेपालीले प्रण गरौं कि जसरी आज कोरोनाभाइरसका विरूद्ध लडेका छौं । त्यसरी नै जातीय भेद्भाव र छुवाछुतका विरूद्धमा लडौं ।
देशलाई कोरोनाभाइरसबाट मुक्त गर्नका साथै जातीय भेद्भाव र छुवाछुतबाट पनि देशलाई मुक्त गरौं । यही अभियान पूर्व मेचीदेखि पश्चिम महाकाली,
उत्तरको चीनको सीमानादेखि दक्षिणको भारतीय सीमानासम्मको नेपाली भूमिमा छुवाछुतविरूद्धको अभियान चलाउनका लागि नेपाल सकारले २०७७/०७८ को बजेटमा व्यवस्था गर्न आग्रह गर्दै जातीय भेद्भाव र छुवाछुत पीडा अन्त्य गर्ने अभियानमा लाग्न आम नेपालीजनलाई आह्वान गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here