- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsअनुदानमा धानको बीउ

अनुदानमा धानको बीउ

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १४ जेठ । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई धानको बीउ वितरण गरेको छ । बजारमा ७२ रूपैयाँ पर्ने धानको बीउलाई ३६ रूपैयाँमा बिक्री गरिरहेको कृषि शाखा प्रमुख टीका जैसीले जानकारी दिएकी छन् ।
उनका अनुसार बहुगुणी २ र हर्दिनाथ ३ गरी दुई जातको ४ सय ८० किलो धानको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको प्रमुख जैसीले बताएकी छन् ।
अहिलेसम्म ३ सय किलो बिक्री भईसकेको र अब बाँकी बिक्री हुने क्रम जारी रहेको समेत बताइन् । किसानको मागलाई मध्यनजर गर्दै धानको बीउ ल्याएको र बीउ वितरणबाट धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले किसानलाई अनुदानमा वितरण गरिएको र कोरोनाभाइरस तथा लकडाउनका कारण आवश्यकता अनुसारको बीउ खरिद गर्न नसकिएको उनले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here