- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरफौजी किरा रोकथामको प्रयास

फौजी किरा रोकथामको प्रयास

- Advertisement -spot_img

प्रदेश टुडे
मसुरिया (देउखुरी), १४ जेठ । दाङको राप्ती गाउँपालिका क्षेत्रमा समेत मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएकोमा नियन्त्रणका लागि प्रयास सुरू गरिएको छ ।
प्रसस्त मात्रामा मकै खेती रहेको राप्ती गाउँपालिका क्षेत्रको वडा नं. १, २, ४, ५ र ९ मकै खेतीको राम्रो सम्भावना रहेका र सो क्षेत्रमा फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिका कृषि प्रसार शाखाबाट किरा रोकथामको लागि काम सुरू गरिएको प्राविधिक सहायक वरसाति गडरियाले जानकारी दिए ।
राप्ती गाउँपालिकामा मकै सुपरजोनले सिफारिस गरेका औषधि र कोवरा नामक बायो किटनासक औषधि साथै किङस्टार र कि टोप नामक विषादी तथा स्प्रेयर वडामार्फत वितरण गरिएको छ ।

लकडाउनको अवस्थामा आवश्यकता अनुसार रोग किरा भगाउन वा मार्ने औषधि उपलब्ध गराउन नसकिरहेको अवस्थामा गाउँपालिकाले कृषकलाई आवश्यकता अनुसार औषधि उपचारको ब्यवस्थाका लागि प्रयास गरिरहेको बताईएको छ ।
यसैबीच विकास कोष नर्वेको सहयोगमा नामसालिङ विकास केन्द्र ईलामले सञ्चालन गरिरहेको ‘एकीकृत सामुदायिक विकास परियोजना’को दाङ कार्यक्षेत्रमा पर्ने वडा नं. १ र ९ का मकै कृषकलाई परियोजनाका लाभान्वित एकसय साना किसानको करिव १५ हेक्टर जमिनमा पुग्ने विषादी गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा वितरण गरिएको छ ।
विषाधिको उपयोग गर्दा अपनाउनुपर्ने सुरक्षा, सावधानी सम्बन्धी सचेत गराउँदै नामसालिङद्वारा कृषकलाई विषादी वितरण गरिएको छ । म
कै खेती गरेका कृषकले आफ्नो खेतबारीमा समेत त्यस्तो फौजी किराको लक्षण देखापरे वडामार्फत कृषि प्रसार शाखामा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here