Friday, April 19, 2024
Homeफिचरगाउँपालिकालाई पशु औषधि

गाउँपालिकालाई पशु औषधि

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, १४ जेठ । लामो समयको लकडाउनका कारण कृषकहरूको पशुपालन उपचारमा औषधि अभाव हुन नदिन हुरेक नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई औषधिहरू सहयोग गरेको छ ।
पशुपालनमा थोरै भएपनि सहयोगबाट सहज होस् भनी सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई विभिन्न १८ प्रकारका पशुपंक्षीका लागि औषधिहरू हस्तान्तरण गरेको हो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली र उपाध्यक्ष सावित्राकुमारी बुढा घर्तीलाई हुरेकका कार्यक्रम संयोजक धरेन्द्र डाँगीले हस्तारण गरे ।
३३ हजार बराबरको औषधि औषधि अभाव भएका वडाहरूमा पनि पठाइने पशु सेवा शाखाकी प्रमुख मञ्जु वलीले बताइन् ।

यसैगरी कोरोनाभाइरसको रोकथामका लागि खटिएका प्रहरीहरूका लागि जुगार प्रहरी चौकीलाई हुरेकले स्वास्थ्य सुरक्षाका सामग्रीहरू हस्तान्तरण गरेको छ । प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरीक्षक यज्ञमणि वैदिकलाई सेनिटाइजर, मास्क र ग्लोब्स सहयोेग स्वरूप हस्तान्तरण गरिएको हो ।
यसअघि त्रिवेणी गाउँपालिकालाई सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले स्वास्थ्य सुरक्षा र क्वारेन्टाइनमा बसेका महिला बालबालिकाहरूलाई करिव साढे ५ लाख बराबरको सामग्रीहरू सहयोग गरेको थियो भने गाउँपालिकाको विपद् कोषमा नगद ४५ हजार रूपैयाँ नगदसमेत सहयोग गरिएको हुरेकले जनाएको छ । गाउँपालिकाको समन्वयमा रेडियो बालचौतारी र रेडियो सन्देशहरू प्रसारण हँुदै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here