- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरदलित संघको ध्यानाकर्षण

दलित संघको ध्यानाकर्षण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १३ जेठ । नेपाल दलित संघ दाङले रूकुम पश्चिममा प्रेम विवाह गर्नेक्रममा भएको साङ्घातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विज्ञप्ति जारी गरेर आजको वैज्ञानिक समयमा समेत दलित समुदायले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनुपर्ने घटना अत्यन्त निन्दनीय र आपत्तिजनक भएको जनाएको छ ।
‘नेपालको संविधान र विद्यमान कानुनले घटनामा संलग्न सबैलाई हदैसम्मको कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछौं’ संघका अध्यक्ष बाबुराम विश्वकर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।
साथै घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईते र बेपत्ता भएकाहरूको खोज र उपचारको समेत माग गरेको छ ।
गत शनिबार जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँ निवासी नवराज विक र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोती निवासी शुष्मा मल्लबीच लामो समयको प्रेम सम्बन्धलाई अन्तरजातीय विवाह गर्नेक्रममा प्रेमिका शुष्मा मल्लको आफन्त,
डा अध्यक्ष डम्वर बहादुर मल्ललगायत गाउँलेहरूको साङ्घातिक आक्रमणमा परि नवराज विक लगायत थप दुईजना मृत्यु भएको र अन्य बेपत्ता तथा घाइते भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here