- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयचौरजहारीले उब्जाएको दृष्य

चौरजहारीले उब्जाएको दृष्य

- Advertisement -spot_img

सम्पादकीय

पश्चिम रूकुमको चौरजहारी नगरपालिकामा एउटा कुरूर घटना भएको छ । जनप्रतिनिधिको सहभागितामा भएको घटनाले सबैलाई अचम्मित पनि बनाएको छ । अन्तरजातीय प्रेमका कारण भएको घटनाले मानवीय संवेदनशीलतासमेत गुमाएको छ ।

यस्तो नरसंहार हुनु दुखद् छ । हिंसा जुनसुकै नाम वा निहुँमा भए पनि निन्दनीय र दण्डनीय नै हुन्छ । चौरजहारी घटना पनि निन्दनीय नै छ । दण्डनीय पनि हुनुपर्छ । त्यसमाथि जातिका नाममा जोडिने  हिंसा थप निन्दनीय हुन्छन् नै । व्यक्तिगत स्वतन्त्रता सबैमा रहन्छ ।

तर अरूलाई अधिकार हनन् नगर्ने गरी र कर्तव्यमा रहेर व्यक्तिले आफ्नो स्वतन्त्रता राख्दछ । कति व्यक्तिगत स्वतन्त्रता हुन्छ, कति पारिवारिक र सामुदायिक पनि रहन्छन् । स्वतन्त्रतालाई सहजरूपमा प्रयोग गर्नसकेमा त्यसले गति लिन सक्छ ।

मानवीय स्वतन्त्रता अमानवीय बन्नु हुँदैन । मानिसहरू दानव बन्दा नै रूकुमको चौरजहारीमा दुखद् घटना घटेको हो । यसलाई राज्यले गम्भीररूपमा लिएर दोषीमाथि कडा कारवाही गर्न सक्नुपर्छ ।

जातजातिको विभेदका कारण पटक–पटक ठूला अपराध र हिंसा भइरहेका छन् । तल्लो जातकाले माथिल्लो जातसँगको प्रेम भएकै कारण रूकुममा केही युवाले ज्यान गुमाउनु प¥यो ।

केही अहिलेसम्म पनि बेपत्ता छन् । प्रेम गर्ने व्यक्तिको मृत्यु भएको छ । यो घटना अत्यन्त निन्दनीय छ । दुलही लिन गएको दलित युवकको हत्या अत्यन्त निन्दनीय र दण्डनीय अपराध हो ।

कथित माथिल्लो जातिकी किशोरी र दलित किशोरबीच भएको प्रेम प्रसंग सामूहिक हत्या र हिंसामा पुगेर टुंगिएको छ । यो दुखद् परिदृष्य हो । दलित युवक किशोरीलाई भगाउन जाँदा गाउँले नै उल्टिएर कुटपिट गर्दा प्रेमी भनिएका युवक र अन्य युवकको मृत्यु हुनुले सबैलाई हिंसाको क्रुर दृष्य प्रस्तुत गरेको छ ।

सबैलाई स्तब्ध बनाएको पक्कै पनि छ । यस हिंसात्मक घटनाले अझै समाजमा जातिगत भेद्भावले जरो गाडेको छ भन्ने प्रष्ट पारेको छ । यस्तो विभेद कानुनतः दण्डनीय अपराध छ । तर समाजले यसलाई अझै स्वीकार गर्न नचाहेको देखिएको छ ।

हिंसा, हत्या कसैबाट पनि हुनुहुँदैन । यस्तो कार्यमा संलग्न जोकोही र जस्तो भए पनि  कानुनी दायरामा ल्याइनुपर्छ ।

रूकुमको घटनालाई पनि त्यहि अनुसारले सुक्ष्म अनुसन्धान गरेर गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ । हत्या, हिंसाको मात्रै नभएर उमेर नपुगेको किशोरीको विहेको अवस्थाका बारेमा पनि सत्यता आउनुपर्छ ।

त्यसमा संलग्न सबैलाई कानुनी कारवाही गरिनुपर्छ । पछिल्लो समय घटनालाई राजनीतिकरण गर्न थालिएको सुनिन्छ । मानवीय संवेदनशीलता जोडिएको निन्दनीय,

हिंसात्मक घटनालाई राजनीतिकरण गरिनु हुँदैन । सत्यतथ्य पहिचान गरी यथार्थता सार्वजनिक हुनुपर्छ । दोषीलाई कारवाही र पीडितले न्याय पाउनुपर्छ । 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here