- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरअंग्रेजी शिक्षकलाई अनलाइन प्रशिक्षण

अंग्रेजी शिक्षकलाई अनलाइन प्रशिक्षण

- Advertisement -spot_img

तुलसीपुर, १३ जेठ ।
तुलसीपुरमा अंग्रेजी शिक्षकहरूका लागि तीनदिने अनलाइन भर्चुअल प्रशिक्षण सुरू भएको छ । अंग्रेजी शिक्षा सवलीकरणका लागि उपमहानगरपालिकाको शिक्षा महाशाखाले अनलाइन भर्चूअल प्रशिक्षण सञ्चालन गरेको विद्यालयल निरिक्षक चक्र भण्डारीले जानकारी दिए ।

मंगलबारदेखि सुरू भएको प्रशिक्षणमा ८५ जना शिक्षकहरूको सहभागिता रहेको थियो । शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काको संयोजकत्व तथा राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख रामलाल खड्काको प्रमुख आतिथ्यतामा मंगलबारदेखि प्रशिक्षण सुरू गरिएको छ ।

गुगोल मिटको माध्यमद्वारा उपमहानगरभित्र रहेका अंग्रेजी शिक्षकहरूलाई प्रशिक्षण दिन सुरू गरिएको छ । प्रशिक्षणका लागि महाशाखाले बंगलादेशी प्रशिक्षकहरू ल्याएको सहभागी गराएको भण्डारीले बताए ।

प्रशिक्षणको पहिलो दिन ४५ जना सामुदायिक विद्यालयका र ४२ जना निजी विद्यालयका गरी ८७ जना शिक्षकहरूको सहभागिता रहेको थियो । पहिलो दिन अंग्रेजी शिक्षक समाजका केन्द्रीय प्रतिनिधि अशोक सापकोटा र होमराज खड्काले प्रशिक्षण दिएका थिए ।

शिक्षा शाखा प्रमुख भाष्कर गौतमले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पारेका थिए भने शिक्षा शाखा अधिकृत चक्र बहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । तालिममा नगर शिक्षा संयोजक देवराज विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here