Sunday, April 14, 2024
Homebreaking-newsसीमाबाट लुकेर भित्रिदा समस्याः प्रधानमन्त्री

सीमाबाट लुकेर भित्रिदा समस्याः प्रधानमन्त्री

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट लुकेर संक्रमित नेपाल भित्रिदा नेपालमा समसया बढिरहेको बताएका छन् ।
प्रधानमन्त्रीले ओली सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले तत्काल पहल थाल्ने जानकारी समेत दिए ।
ओलीले कोरोना संकटलाई सामना गर्न सिंगो मुलुक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको तयारी र सावधानी दक्षिण एसियामै राम्रो देखिएको दाबी गरे ।
ओलीले सीमाबाट लुकेर संक्रमित नेपाल भित्रिदा समस्या जटिल बन्दै गएको बताए । उनले कोरोना महामारी सामना गर्न सरकारले गरेको तयारी, रोकथामका रणनीति, राहतलगायतका सरकारी तयारीबारे बताए ।
ओलीले विज्ञहरूको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताए ।
प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरू भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए । ओलीले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरूलाई क्वारेन्टाइनका रूपमा विकास गरिने बताए ।
उनले महामारीविरूद्धको लडाइ शुरूमा अलमलजस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताए । उनले विदेशमा रहेका नागरिकप्रति संवेदनशील रहेको बताए । उनले छिमेकी भारतबाट आउनेहरूमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताए ।
उनले परीक्षणमा आउन उनीहरूलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक, व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने बताएका हुन् ।
राहत ल्याउने घोषणा गरेका प्रधानमन्त्रीले के कति ल्याउने ? भन्ने विषय भने खुलाएका छैनन् । उनले राहत सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युतलगायतका क्षेत्रमा दिइने छुटहरू पर्ने बताएका छन् ।
मुलुकको अर्थतन्त्र सवल हुनका लागि निजी क्षेत्र सवल हुनुपर्ने विषयमा आफू जानकार रहेको भन्दै उनले अर्थ मन्त्रालयले प्याकेज घोषणा गर्ने बताए । ‘निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ’
प्रधानमन्त्री ओलीले भने, ‘शिथिल बन्न पुगेको अर्थ व्यवस्थालाई दुरूस्त गर्न आवश्यक आर्थिक पुनरूत्थान सम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।
उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरूलाई सरकारले समयमै उद्दार गर्छ ।
समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरू गरिनेछ’ उनले भनेका छन् ।
छिमेकी मित्रराष्ट्र भारतबाट घर फर्किनेहरूलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधानमन्त्री ओलीले बताए ।
‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरूप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ उनले भनेका छन् ‘तर,
छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षणविना नै अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’
कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविष्यको चिन्तामा रूमलिएका लाखौं विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।
सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारे । तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने बताए ।
‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नुपरेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन ।’ तर, विद्यार्थीको भविष्य खेर जान नदिने बताउँदै प्रधानमन्त्रीले भने, ‘एसईईका परीक्षार्थी विद्यार्थीहरूको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’
प्रधानमन्त्री ओलीले विद्यालयहरूमा नयाँ शैक्षिक वर्षको पठनपाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरूमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाउनेछ ।’
सरकारले एसईई दिने विद्यार्थीहरूको समस्यालाई कसरी सम्वोधन गर्छ ? भन्ने प्रधानमन्त्रीको सम्वोधनमा स्पष्ट व्याख्या नभए पनि सम्भवतः यसबारे मन्त्रालयले प्रष्ट कार्ययोजना ल्याउने छ ।
शिक्षा मामिलाका जानकारहरूले एसईई परीक्षा नै खारेज गरिनुपर्ने र सो तहका परीक्षार्थीहरूलाई स्वतः ११ कक्षामा भर्ना गरिनुपर्ने सुझाव दिँदै आएका छन् ।
‘अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन’ प्रधानमन्त्रीले भने
‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ ।’ योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने बताएका छन् ।
सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ । प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रबद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको प्रधानमन्त्री ओलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here