- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबढेको बढ्यै संक्रमित

बढेको बढ्यै संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १३ जेठ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६ सय ८२ पुगेको छ । सोमबार थप सातजनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेती अस्पतालको प्रयोगशाला भेरी अस्पताल र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टी भएको हो । मन्त्रालयका अनुसार अछामका एकजना, बर्दियाका तीन, बाराका एक र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबीच नेपालमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बाराका एकजना मृतकमा कोेरोना पुष्टि भएपछि हो । त्यस्तै अहिलेसम्म १ सय १२ जना निको भएका छन् ।

संक्रमित डिस्चार्ज

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का कोरोना संक्रमित कोरोना निको भई डिस्चार्ज भएका छन् । बहिनी–ज्वाइको उपचारका लागि काठमाडांै गएको समयमा कोरोना संक्रमणको पुष्टि भएका ४७ वर्षीय पुरूष अस्पतालबाट डिस्चार्ज भएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकरी दिए ।
उनलाई गत जेठ २ गते कोरोना संक्रमणको पुष्टि गरिएको थियो । संक्रमण देखिएको ९ दिनपछि कोरोना निको भएका उनलाई दाङ ल्याउन लागिएको छ ।\
लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको केसीले जानकारी दिए । संक्रमण पुष्टि भएसँगै काठमाडौंस्थित टेकु अस्पतालको आईसोलेसनमा राखिएको थियो । डिस्चार्ज भएका उनलाई दाङ ल्याएर क्वारेन्टाईनमा राखिने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here