- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरअलपत्रको उद्दार

अलपत्रको उद्दार

- Advertisement -spot_img

प्रदेश टुडे
प्यूठान, १३ जेठ । प्यूठानमा लकडाउनका कारण सीमाक्षेत्रमा अलपत्र परेका दुई हजारभन्दा बढी नागरिकहरूको उद्दार गरिएको छ । भारतलगायत अन्य मुलुकबाट आई सीमामा अलपत्र परेका नागरिकको स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा उद्दार गरिएको हो ।
जिल्लामा रहेका नौवटै स्थानीय तहले प्रदेश सरकार र जिल्ला प्रशासनको समन्वयमा सीमाक्षेत्रमा अलपत्र परेका नागरिकहरूको उद्दार गर्दै आएका छन् ।
सोमबारसम्म सीमा क्षेत्रमा अलपत्र परेका २ हजार ५ सय ६६ नागरिकहरूको उद्दार गरी उनीहरूलाई जिल्लामा ल्याईएको सरूमारानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त जिसीले जानकारी दिए ।
उनले रोजगारीको सिलसिलामा भारतलगायत अन्य मुलुक गई घर फर्कन नपाएका जिल्लाबासीहरूलाई सीमा क्षेत्रबाट उद्दार गरिएको बताए ।
जसमध्ये ऐरावतीका गाउँपालिकाका ४ सय ९२, मल्लरानी गाउँपालिकाका ३ सय ६, सरूमारानी गाउँपालिकाका २ सय ४६, माण्डवी गाउँपालिकाका ३ सय ३०, नौबहिनी गाउँपालिकाका २०, गौमुखी गाउँपालिकाका ५८ जना रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here