- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsक्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई छैन पिपिई

क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई छैन पिपिई

- Advertisement -spot_img

                                                  १८ दिनसम्मको ड्युटी


 

प्रदेश टुडे
दाङ, १२ जेठ । कोरोना संक्रमित भेटिएको क्षेत्रलाई उच्च सर्तकतामा राखेमा संक्रमणको जोखिम कम हुन्छ । क्षेत्र नै सिल गरेर त्यहाँ रहेकाहरूलाई पूर्ण परिक्षण पनि गर्नुपर्छ । तर दाङमा भने संक्रमित भेटिएका क्षेत्रमा र क्वारेन्टाइनमा लापरबाही देखिएको छ ।

दाङको घोराही उपमहानगर–पालिकाले सञ्चालन गरेको घोराही–३ मा रहेका कुइरेपानी क्वारेन्टाइनमा रहेका नागरिक र स्वास्थ्यकर्मीहरूले सामान्य सुरक्षा सामग्रीसमेत पाउन सकेका छैनन् । यो क्वारेन्टाइनमा रहेका एकजना पुरूषमा कोरोना संक्रमण देखिएको छ ।

घोराही उपमहानगरपालिका–३ का ती पुरूषलाई कोरोना पोजेटिभ भेटिएको भए पनि त्यहाँ रहने अरूको बारेमा भने स्थानीय सरकारले लापरबाही गरेको देखिएको छ ।

क्वारेन्टाइन १८ दिनदेखि ड्युटीमा खटिएका सातजना स्वास्थ्यकर्मी सामान्य सुरक्षा कवज पिपिईसमेत नभएको गुनासो गरेका छन् भने मापदण्डअनुसारको अन्य ब्यवस्थासमेत नरहेको गुनासो बढी हुन थालेको छ । संक्रमित नै भएको क्वारेन्टाइनमा लापरबाही देखिनुले स्वास्थ्यकर्मीहरू उच्च जोखिममा काम गरिरहेका छन् ।

संक्रमित भेटिसकेपछि त्यहाँ रहेका सबैको पिसिआर परिक्षण गर्नुपर्छ भने क्वारेन्टाइन सिल गरेर सुरक्षित गराउने नीति लिनुपर्छ, त्यस्तै संक्रमित भेटिएका क्वारेन्टाइनमा रहेको स्वास्थ्यकर्मीहरूलाई १४ दिनसम्म अर्काे क्वारेन्टाइनमा बसालेर पिसिआर परिक्षणसमेत गर्नुपर्ने नीति छ ।

यो भए पनि अहिले त्यहाँ केही गरिएको छैन भने क्वारेन्टाइनमा बस्नेहरूका लागि उचित व्यवस्थापनसमेत गरिएको छैन ।

केही खुला चौरमा दिनरात कटाउने गरेका छन् । क्वारेन्टाइनमा बस्नेहरूको बसाईमा व्यवस्थापन नभए पनि तीनजना चौरमै बसेर दिन काटिरहेको एक स्थानीयले बताए ।

‘क्वारेन्टाइनमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई निश्चित समयपछि टेष्ट गरिनुपर्ने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य विष्णु लामिछानेले बताए ।

‘सोही क्वारेन्टाइनमा रहेका ब्यक्तिको कोरोना परिक्षण पोजेटिभ आएको ५/६ दिनसम्म पनि स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका अन्य ब्यक्तिको परिक्षण नहुनु दुखद् हो’ नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य लामिछानेले भने, ‘यसमा स्थानीय सरकार गम्भीर हुनुपर्छ लापरवाही गरिनु हँुदैन ।’

‘स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने स्वास्थ्य सुरक्षात्मक सामग्रीको पर्याप्त उपलब्धता नहुनु र यिनै कारणले स्वास्थ्यकर्मीहरूलाई मानसिक तनाव उत्पन्न हुनुले सेवा प्रभावकारी बन्न सक्दैन’

उनले भने, ‘क्वारेन्टाइनमा राख्दा मापदण्डअनुसार राखिनुपर्छ’ क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमित भेटिइसकेपछि हाम्रो पनि परिक्षण हुनुपर्ने हो, हामी पनि अर्काे क्वारेन्टाइनमा बस्नु र्ने हो, तर त्यो व्यवस्था आजसम्म भएको छैन ।

हामी उच्च जोखिममा छौं, संक्रमित सँगसँगै आएका पनि क्वारेन्टाइनमै छन्, हामीले प्रयोग गर्ने पिपिइसमेत क्वारेन्टाइनमा छैन । भएमा आबश्यक परेको बेला काम लाग्थ्यो भन्ने हो । अहिले मास्क र स्यानीटाइजरको भरमा काम गर्नु परेको छ ।’

क्वारेन्टाइनमा पिपिइको आवश्यक नगर्ने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए । उनले मास्क र ग्लोब्स दिएका छौं, पूर्ण पिपिई आवश्यक छैन ।

राख्नुपर्ने आवश्यकता हुन्छ, तर राख्न सकेनांै उनले भने, ‘अहिले पिपिइका लागि टेण्डर गरिसकेका छौं, आपूर्ति भएमा सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराउँछौ । व्यवस्थानमा कमजोरी भएको छ अब सुधार गरेर लैजान्छौ ।’

स्वाव संकलन पनि भएन

क्वारेन्टाइन खटिने स्वास्थ्यकर्मीलाई बढीमा १० दिन ड्युटीमा खटाउनुपर्छ । त्यहि अनुसारको नीति पनि घोराहीमा रहेको छ । तर कुइरेपानी क्वारेन्टाइनमा खटिएका सातजना स्वास्थ्यकर्मीको ड्युटी दिन १८ दिन भयो । तर पनि उनीहरूको सुरक्षा ध्यान नदिइएको गुनासो गरेका छन् ।

त्यहि क्वारेन्टाइनमा रहेका एकजनामा कोरोना पोजेटिभ देखिएपछि सबैको पिसिआर परिक्षण गरेर स्वास्थ्यकर्मीहरूलाई व्यवस्थापनमा नयाँ नीति लिनुपर्ने हो त्यो गरिएको छैन ।

स्वास्थ्य शाखाका सहसंयोजक ठाकुर खनालले व्यवस्थापनमा केही कमिकमजोरी भएको स्वीकार गर्दै अब सुधार गरेर लैजाने बताए । उनले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र भान्सेको छिट्टै स्वाव संकलन गरेर परिक्षण गरिने बताए । अहिले कुइरेपानी क्वारेन्टाइन सिल गरिएको अवस्थामा छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here