- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरनयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र

नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयका सहसचिव जनकराज जोशीले नयाँ नक्सा छापिएको राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सासमेत राखेर सबै कार्यालयलाई पत्र पठाइएको छ ।
जोशीका अनुसार सबै मन्त्रालय र संवैधानिक निकाय तथा मातहतका कार्यालयलाई भूमि व्यवस्था मन्त्रालय आफैंले पत्र पठाएको हो ।
सात प्रदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्र पठाई नयाँ नक्सा प्रचलनमा आग्रह गरिएको छ ।
मन्त्रालयले देशभरका सबै कार्यालयमा पुरानो नक्साका ठाउँमा नयाँ नक्सा राख्नसमेत आग्रह गरेको छ । पत्रमा सबै कार्यालयलाई भूमि व्यवस्था मन्त्रालय मन्त्रालय र नापी विभागको वेबसाइटमा रहेको नयाँ नक्सा प्रिन्ट गरी कार्यालयमा राख्नसमेत आग्रह गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयले केही दिन अघि नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । मन्त्रालयले राजत्रपमा नयाँ नक्सा प्रकाशनसमेत गरिसकेको छ भने नापी विभागले नयाँ नक्सा छापी कार्यालयहरूलाई वितरण गर्न थालिसकेको छ ।
संघीय संसद्को लोगो नयाँ नक्सा अनुसार हुने संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गरिने भएको छ । आइतबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को लोगो नेपालको नयाँ नक्साअनुसार परिवर्तन गर्ने निर्णय गरेको हो ।
संघीय संसद्का दुबै सदनका सांसदहरूले प्रयोग गर्दै आएको लोगोमा एकरूपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।
यसअघि सरकारले नयाँ नक्सा अनुसार नेपालको निसान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । नयाँ नक्सा सार्वजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छाप लगायत कुराहरू परिवर्तन गर्नुपर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here