- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसंक्रमितको संख्या छसय नाघ्यो

संक्रमितको संख्या छसय नाघ्यो

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या छसय माथि पुगेको छ । आइतबार थप १९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या छसय माथि पुगेको हो ।
यसमा तीनजनाको मृत्यु भइसकेको छ । भने अन्य उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण भएका ८७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार पुष्टी भएकाहरूमा मोरङ बारादशी–३ का ४५ वर्षीय पुरूषमा संक्रमण देखिएको छ ।
बारा, कलैयाका ३२ वर्षीय पुरूष, वीरगञ्जका २५ वर्षीय पुरूष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरूष, पर्सा नागवाका ६० वर्षीय पुरूष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरूष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रूपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरूष, रूपन्देही १ का ३२ वर्षीय पुरूषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरूष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरूष, नुवाकोट ककनीका ३९ पुरूष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । ४२ जिल्लाका ५ सय २४ पुरूष पुरूष र ७९ महिला गरेर छन् ।
प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका नौजना मध्ये दुईजनामा फेरि संक्रमण देखिएपछि उनीहरू अस्पतालमा भर्ना भएका छन् ।
अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् । संक्रमणमा प्रदेश नं. ५ अग्रस्थानमा छ । प्रदेशका तराईका सबै जिल्ला र पहाडी जिल्ला गुल्मीमा संक्रमण देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here