- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरराष्ट्रियताको सवाल

राष्ट्रियताको सवाल

- Advertisement -spot_img

अहिले हाम्रो देश तथा विश्वनै कोभिड–१९ले आक्रान्त भएको छ । दिनानुदिन संक्रमितको संख्या खरायोको चालमा दौडिरहेको छ भने उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि बढ्दै छ ।
हाम्रो देश नेपाल जहिले–जहिले विषम परिस्थितिमा गुज्रिरहेको हुन्छ ठिक त्यसैबेला हाम्रा छिमेकी मुलुकहरूले हाम्रो राष्ट्रियता, सार्वभौमिकता र हाम्रो स्वाभिमानमा खलल पर्ने गरी आक्रमणको दाउपेच गरिरहेका हुन्छन् । यसका अहिले धेरै उदाहरणहरू देखिएका र सुनिएका छन् । चाहे त्यो २०१७ साल होस्, चाहे २०७२ होस् या अहिले अवस्थामा होस् ।
वि.सं. २०१७ ई.सं. १९६० मा छिमेकी मुलुक भारत जुन भुगोलमा नेपालभन्दा विशाल तर मन चित्त सानो र प्रवृत्ति छुचुन्द्रे छ जस्ले त्यतिबेला नेपालको अस्थिर राजनैतिक शासन ब्यवस्थाको समयमा आक्रमणको जमर्काे गर्दैगर्दा अर्को छिमेकी मुलुक चाईनाले भू–परिवेष्ठित छिमेकी राष्ट्र नेपालमाथि कसैले आक्रमण गरे चीनलाई सह्य नहुने भन्ने किसिमको वक्तव्य जारी भएपछि हच्किएको भन्ने हामीले सुनेका हौं ।
तर यता फेरि २०७२ बैशाख १२ को बिनासकारी भूकम्पले थिलो–थिलो पारेको बेला हाम्रा उत्तरी र दक्षिणी दुबै छिमेकीले नेपालको कुनै सहमति अनुमति बेगर नेपाली भूभाग कालापानी, लिपुलेक हुँदै चीन जाने बाटो बनाई ब्यापारिक नाका खोल्ने द्विपक्षीय सहमति पत्रमा २०७२ जेठ १ गते हस्ताक्षर गरेका छन् ।
त्यही भूकम्पको धक्काले नेपालका राजनैतिक दलहरूलाई केही हदसम्म जोडेको हो । जतिबेला सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो । स्वर्गीय नेता सुशील कोईरालाले गरेका थिए ।
त्यहि सरकारले गणतान्त्रिक नेपालको संविधान जारी गरेको हो । जतिबेला दुई छिमेकी मुलुकले नाका खोल्ने सहमतिपत्रमा हस्ताक्षर गरे । त्यसको विरोध गर्दै नेपाल सरकारले दुबै मुलुकलाई विरोध पत्र पठायो ।
ठिक त्यसै समयमा तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको भारतमा औपचारिक राजकीय भ्रमण तय भएको थियो । नेपालीको स्वाभिमानमा आक्रमण भएको भन्दै सुशील कोइरालाले उक्त भ्रमण रद्द गरेका थिए । २०४६ पछिका प्रधानमन्त्रीहरूमा भारतको भ्रमण नगरी आफ्नो कार्याकाल गुजार्ने प्रधानमन्त्री सायद उनी मात्र हुन् । नत्र भने आफ्नो पार्टीको सरकार,
आफू प्रधानमन्त्री बन्न र बनिरहेको सरकार गिराउनका खातिर भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद भन्नेहरूदेखि लिएर ठूला पार्टीका ठूला नेताहरू दिल्ली दरबार धाएको र विभिन्न राष्ट्रघाती सम्झौताहरू गरेको प्रष्ट नै छ । फुट्नै लागेको पार्टी जुटाईदेउ भन्न चाईना गुहारेका तमाम पनि नेपालमा नदेखिएको हैन । यसका पनि थुप्रै उदाहरणहरू छन् ।
नेपालको सीमा कहाँदेखि कहाँसम्म ? भन्ने कुरा त ब्रिटिस इण्डिया कम्पनी र चीनसँग भएका सीमा सम्झौता र ऐतिहासिक दस्तावेजहरूले प्रष्ट्याई सकेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुराको सवालमा भारतले अहिले बखेडा गर्न खोज्नुभन्दा पुराना दस्तावेजहरू केलाउन जरूरी छ ।
कहिलै कसैको उपनिवेश नभएको देश जो पहिलेदेखि नै स्वतन्त्र छ र स्वतन्त्रता दिवसको थाहै छैन त्यस्तो सार्वभौम सम्पन्न मुलुकलाई शक्तिका आडमा अर्काको उपनिवेशबाट मुक्ति पाएको र मुक्ति दिलाऊन जसका पूर्खाहरूको अहम् भूमिका छ त्यहि देशलाई प्रत्येक बर्ष स्वतन्त्रता दिवस मनाउने देशले ललकार्नु भनेको ‘बिनासकाले विपरीत बुद्धि’ भनेजस्तै हो ।
२०७६ साल कार्तिक १८ भारत सरकारले एकपक्षीय रूपमा सीमासहितको आफ्नो नक्सा जारी गर्दा अहिले विवादित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूभाग हो भनी नक्सा जारी गरेपछि नेपालका प्रधानमन्त्री केपि शर्मा वलीले भनेका थिए
‘नक्सा त एउटा प्रिन्टिङ प्रेसले छाप्छ, छाप्यो केही छैन हामी हाम्रो भूभागसहितको नक्सा निकाली भूभाग फिर्ता लिन्छौ ।’ प्रधानमन्त्रीले संसदमा केही यस्ता महत्वपूर्ण कुरा बोलेका छन् ।
जस्तै ‘विश्वका सम्पूर्ण देशहरूमध्ये १९ वटा देशले कसैको गुलामी गरेनन् । ति देशमध्ये ‘नेपाल पनि एक हो’ भन्दै भारतीय समकक्षीलाई सोधेका छन् ‘सत्यमेवजयते भनेको के हो ? र सत्यमेवजयते होकी सिंहमेवजयते हो ?’ यो भनाईले पनि विश्व समुदायमा भारतको शिर निहुरिने छ । प्रधानमन्त्री ज्यू पहिलो चरणको काम पूरा गर्नुभएको छ ।
यसैले भारतको दादागिरी र हेपाहा प्रवृतिमा ठूलो झड्का लागेको छ । अब आफ्नो जमिन फिर्ताको प्रक्रियामा लाग्नुहोस् नेपालको इतिहासमा राजनेताको रूपमा तपाईको नाम सुवर्णाक्षरले लेखिनेछ । यो चुनौती यहाँका लागि ठूलो अवसर हो र भारतको दादागिरी सदाका लागि अन्त्य हुनेछ ।
नेपालको जग्गा नापजाँच नियमावली अनुसार वर्तमान सरकारको पालामा गठित समितिले इ.सं १८१६ मा तत्कालीन इष्टइण्डिया कम्पनी र नेपाल सरकारका बीच भएको सुगौली सन्धिअनुसार कालीनदी र त्यसभन्दा पूर्वको भूभाग जुन कालीनदीको मुहान लिम्पियाधुरासम्मको नक्सा तयार गरी प्रकाशन गर्न सिफारिस गरे अनुसार २०७७ जेठ २ मा महामहिम राष्ट्रपतिले आब ०७७/०७८ को
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग समेटेर नेपालको नक्सा जारी गर्नेछ भने अनुसार २०७७ जेठ ४ को मन्त्रपरिषद्को निर्णयद्वारा उक्त नक्सा जारी भएको छ र नयाँ नक्सा अनुसार अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर भएको देखाउँछ ।

नेपालको नागरिकता धारण गरी नेपालकै सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमा प्रहार गर्दै भारतको गुलामी गर्नेलाई देश निकाला गर्नेसम्मको आवाज बुलन्द गरौं । यस पटक भारतको दादागिरी तोड्यौ भने भारतले हामीसँग कहिलै पनि जोरी खोज्ने हिम्मत गर्ने छैन । आऊ सबै एकजुट होऔं हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ? हामी वीर गोर्खालीका सन्तान हौं । विश्वले पत्याएको हाम्रो हतियार खुकुरीको इज्जत गरौं आफ्नो स्वाभिमानको सबैले मनन् गरौं ।


नेपालले आफ्नो नयाँ नक्सा जारी गरेलगत्तै स्वदेश तथा विदेशहरूबाट विभिन्न टिकाटिप्पणीहरू आईरहेका छन् । स्विडेनमामा कार्यरत एक भारतीय प्रोफेसरले भनेका छन्
‘नेपाल कस्मिर होइन एक स्वतन्त्र राज्य हो ।’ त्यस्तै भारतका सामरिक मामिला प्रमुख एचबि पन्त भन्छन् ‘नेपालमा अहिले कम्युनिस्ट सरकार छ, त्यसैले चीनतर्फ झुकाव हुनु स्वभाविक हो तर राष्ट्रवादको सवालमा ठूलो या सानो जस्तो मुलुक होस् राष्ट्रिय मामिला र स्वाभिमान बराबर हो ।’
भारतीय रक्षा विशेषज्ञ पूर्वजर्नेल बक्सि भन्छन् ‘नेपाल भारतको सम्बन्ध रोटीबेटीको, खुनको र त्यति मात्र होइन भारतका ठूला– ठूला संग्रामहरू चाहे स्वतन्त्रता होस् चाहे लेलद्दाखको होस् या जम्मु कस्मिरको होस् नेपाली युवाहरूको भूमिका महत्वपूर्ण छ
तर पहिलाको भारतिय सरकारले यी सबै कुरा भुलेर नेपालको विद्रोही माओवादीलाई सेल्टर दिनेदेखि नेपालको राजसंस्था र हिन्दूराज्य फाल्न जसरी लाग्यो आज त्यसैका परिणाम हो’ यो भनाईले त नेपालमा अब छुट्टै तरंग आउने जस्तो भयो यी त भारतीयहरूका भनाइ हुन ।
स्वतन्त्रता सार्वभौमसत्ता सम्पन्न गणतन्त्र नेपालका केही नेता माननीय सांसदहरूले त अत्यन्तै घृणित लज्जास्पद अभिब्यक्ति दिएका छन् ।
नेपाली चेली कलाकार बलिउड स्टार मनिषा कोइरालाको राष्ट्रभक्ति स्वाभिमानी टुईटले भारतमा नयाँ तरंग ल्यायो र भारतीयहरूले अत्यन्त छुद्रबचनद्वारा टिप्पणी गरे ‘भारतले स्टार बनायो, नुन भारतको खाने पक्षपोषण अर्काेतर्फ गर्ने’ भन्नेजस्ता तर बाघले डमरू जन्माउँछ स्याल होइन भन्ने कुरा भारतीयहरूलाई थाहै रहेनछ ।
नेपालकी स्वाभिमानी चेलीले उनीहरूलाई दरो झड्का दिएकी छन् कलाकौसल बेचेकी हुँ स्वाभिमान होइन भनी ।
त्यस्तै माननीय डा.मिनेन्द्र रिजालले पनि दिएका छन् । तर मधेसवादी दलहरू अझै नेपाल स्वतन्त्र हो भन्ने नबुझेर मानौं भारतले दिएको स्लिपिङटेबलेटको निद्रामा छन् ।
सबैभन्दा लज्जास्पद कुरा त हिजो भारतीय विस्तारवाद मुर्दावाद भन्दै हजारौं हजार निहत्था नेपालीको गर्दन छिनाल्न आदेश गर्ने पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत भारतलाई नेपालले जिस्कायो यसो गर्न नहुने थियो तर्क सुन्दा अचम्म लाग्यो र सोध्न पनि मन लाग्यो बाबुरामजी तपाई डा. कि भेडा ?
नेपालको संविधानमा टेकेर माननीय तथा मन्त्रीसमेत भई सकेकी सरीता गिरी जसले संसदमा उभिएर नेपालले नक्सा जारी गर्दा भारतलाई सोध्नुपर्छ भनिन् जुन बचनले तीन करोड नेपालीलाई पीडा दिएको छ ।
गिरी तिमी नेपालको संसदमा उभिएर बोलेकी हौं कि माईती गाउँमा अलि विचार गर ? माइतीको दलाल नबन ‘आफू बस्ने घरमा आगो लगाइ त्यसको खरानी बेच्ने पसल नथाप ।’
जसरी अहिले राष्ट्रियताका सवालमा भारतीयहरू एकजुट हुन्छन् त्यसैगरी हामीपनि डा.मिनेन्द्र रिजाल बलिउड स्टार नेपाली चेली मनिषा कोईरालाजस्तै तीन करोड नेपाली एउटै आवाजसहित खडा होऔं ।
नेपालको नागरिकता धारण गरी नेपालकै सार्वभौमसत्ता,अखण्डता र स्वाभिमानमा प्रहार गर्दै भारतको गुलामी गर्नेलाई देश निकाला गर्नेसम्मको आवाज बुलन्द गरौं । यस पटक भारतको दादागिरी तोड्यौ भने भारतले हामीसँग कहिलै पनि जोरी खोज्ने हिम्मत गर्ने छैन ।
आऊ सबै एकजुट होऔं हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ? हामी वीर गोर्खालीका सन्तान हौं । विश्वले पत्याएको हाम्रो हतियार खुकुरीको इज्जत गरौं आफ्नो स्वाभिमानको सबैले मनन् गरौं । जय स्वाभिमान जय मातृभूमि ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here