- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsतरकारी सहयोग

तरकारी सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १२ जेठ । जिल्ला बाहिर तथा भारतबाट आएर क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको लागि तरकारी सहयोग गरिएको छ । थारु कल्याणकारिणी सभा दाङको समन्वयमार्फत घोराही उपमहानगरपालिका वडा नं. १७ का कृषकहरुले घोराही उपमहानगरपालिकामार्फत सहयोग गरिएको हो ।
ओखरा कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश चौधरीले पाँच सय केजी लौका, टमाटर र काक्रा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
‘गाउँमा उत्पादन भएका तरकारीहरु क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई सहयोग पुगोस् भन्ने आशा छ’ थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भने । घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देलले धन्यवाद दिदै अभावमा रहेका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा राहत प्रदान गरिने प्रतिवद्धता जनाएकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here