- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरनरैनापुरमा अनिश्चितकालिन निषेधाज्ञा

नरैनापुरमा अनिश्चितकालिन निषेधाज्ञा

- Advertisement -spot_img

प्रदेश टुडे
बाँके, १२ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणकोे हटस्पट बनेको नरैनापुरमा आइतबार राति ८ बजेदेखि सेना परिचालन सहितको निषेधाज्ञा जारी गरिएको हो ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित रहेका छन् । एउटै वडामा मात्रै संक्रमितको संख्या ६२ पुगिसकेको भन्दै गाउँपालिकालाई निषेधाज्ञा गरिएको हो ।
कोरोना संक्रमणको नियन्त्रण गाउँपालिकाको क्षमताभन्दा बाहिर गईसकेको भन्दै यस्तो निर्णय गरेको हो । यसका साथै नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनको व्यवस्थापनमा समस्या, स्वास्थ्यकर्मीको अभाव, बजेट अभाव लगायतका समस्या देखिएको छ ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा गाउँपालिका लगायत आसपासका क्षेत्रहरूमा आतंक फैलिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । यसका लागि प्रदेश र संघीय सरकारले सक्दो सहयोग गरिदिनसमेत उनले अपिल गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here