- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबदेलका पाठापाठीको उद्दार

बदेलका पाठापाठीको उद्दार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १२ जेठ । वन गस्ती टोलीले बदेलका तीनवटा पाठापाठीको उद्दार गरेको छ । डिभिजन कार्यालय दाङ र सवडिभिजन वन कार्यालय बिजौरीबाट नियमित टुर गस्तीका सिलसिलामा विजौरी सवडिभिजन वन कायालयको कार्यक्षेत्रअन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रबाट बदेलका दुईवटा पाठा र एकवटा पाठी उद्दार गरेको हो ।
उद्दार गरिएको बदेलका पाठापाठी डिभिजन वन कार्यालय घोराही दाङमा ल्याइएको सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १५ पानी ट्याङ्की नजिकबाट स्थानीयहरूले किंग कोब्रा सर्प देखेर उद्दारका अनुरोध गरेकोमा डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक टोलीले उक्त कोब्राको जीवितै उद्दार गरी धर्नाको जंगलमा लगी छाडिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here