- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरगरिमा धान पीडितलाई १६ लाख

गरिमा धान पीडितलाई १६ लाख

- Advertisement -spot_img

प्रदेश टुडे
लमही, १२ जेठ । दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । सरकारले क्षतिपूर्ति दिने गरेको निर्णय गरेको लामो समयपछि दाङका किसानले क्षतिपूर्ति रकम पाउन लागेका हुन् ।
दाङमा रहेका २ सय ७७ जना पीडित किसानका लागि भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले १५ लाख ८८ हजार रुपैयाँ लमही नगरपालिकालाई पठाएको छ ।
अबको केही दिनमा पीडित किसानहरुलाई क्षतिपूर्तीको रकम उपलब्ध गराईने लमही नगरका कृषि शाखा प्रमुख अमर चौधरीले जानकारी दिए ।
लमहीमा रहेको सनराईज एग्रीकल्चर प्रालिले देउखुरी क्षेत्रका दुईवटा एग्रोभेट सेन्टरलाई गरिमा धान बिक्री गरेको थियो । उक्त धानको बाला नलागेपछि किसानहरुले क्षतिपूर्तिको माग गरेका थिए ।
सरकारले सबै किसानलाई प्रतिकिलो १३ सय १५ रुपैयाँ पैसट्ठी पैसाका दरले क्षतिपूर्ति प्रदान गर्ने जनाएको छ । यता किसानले भने क्षतिपूर्ति नपाएको भन्दै किसानले एग्रीकल्चर प्रालिमा तालाबन्दी गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here