- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयव्यवस्थापन चुनौती

व्यवस्थापन चुनौती

- Advertisement -spot_img

सम्पादकीय
कोरोना महामारीका कारण अहिले घरफर्कनेहरूको अत्यधिक चाप छ । लामो समयदेखिको महामारीले बसेको स्थान छोडेर घर फर्कने वातावरण सबैलाई बनाएको छ ।
आन्तरिक बाह्य जुनसुकै कुराले भने पनि अहिले जन्मभूमिमा फर्कनेको लामै सूचि छ । राज्यले पनि त्यस्ता आफ्ना नागरिकहरूको ब्यवस्थापनमा चासो दिएको छ । यस्तो कार्यमा जुट्नु स्वभाविक नै हो ।
अहिले सबै स्थानीय सरकारहरू आफ्ना नागरिकको सुरक्षा र व्यवस्थापनमा लागि रहेका छन् । कतिले सम्पूर्ण बन्दोबस्तीको जिम्मा लिएका छन् भने कतिले केही व्यवस्थापन गरेर नागरिकलाई सुरक्षित बनाउने कार्यमा जुटेका छन् ।
पछिल्लो समय दाङका स्थानीय तहहरूले नागरिकहरू रहेकै र स्थानबाट उद्दार र ब्यवस्थापन गरेको देखिन्छ । यही अवधिमा झण्डै साढे तीन हजार नागरिक जिल्लामा भित्रिएको तथ्यांक छ ।
संकटको बेला आफ्नो घरमा आउनु स्वभाविक हो । त्यो आउनु पनि पर्छ । आफू पनि सुरक्षित भएर र अरूलाई पनि सुरक्षित गराउने गरी ।
कोरोना प्रभावित क्षेत्रबाट आउनेहरूले स्थानीय सरकारले तय गरेको नीति मान्नु नै पर्छ भने स्थानीय सरकारले त्यसको उचित ब्यवस्थापनको लागि नयाँ ढंगले सोंच्नुपर्छ । जिल्ला बाहिर र तेस्रो मुलुकबाट दाङमा साढे तीन हजार नागरिकहरू भित्रिएका छन् ।
अहिले यिनका लागि क्वारेन्टाइन व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । स्थानीय सरकारलाई अहिलेको टड्कारो आवश्यकता भनेकै व्यवस्थापन हो । यसतर्फ स्थानीय सरकारहरू लागेका त होलान् तर गुनासो नआउने गरी लाग्नु उत्तम हुन्छ ।
जिल्लाका विभिन्न नाकामा रोजगारीका लागि भारतलगायत अन्य मुलुक गएका र अन्य जिल्लामा रहेकाहरूको लामै लाइन छ । सबै पालिकाहरूमा यस्ता नागरिकहरू भित्रिरहेका छन् । एकातिर कोरोना संक्रमणको डर र अर्काेतिर व्यवस्थापन, परिक्षणको चुनौती यथावत छ ।
यसलाई सही रूपमा स्थानीय सरकारले ब्यवस्थापन गर्नसके संक्रमणको दायरा कम हुँदै जाने निश्चित छ ।
व्यवस्थापनका लागि एक स्थानीय तह दुई हजार बेडको क्वारेन्टाइन अनिवार्य गरिएको छ । महामारी सुरू भएको तीन महिना नजिक पुग्न लागि सकेको छ ।
यो अवस्थासम्म आइपुग्दा तयारी भने न्यून हुँदा अहिले समस्या बढ्दै गएको छ । नेपालमा मात्रै पनि ६ सय बढी संक्रमितहरू भेटिएपछि झनै जोखिम बढेको हो ।
यस्तो राष्ट्रिय विपद्को बेलामा स्थानीय सरकार, समुदाय, परिवार सबै एक भएर व्यवस्थापनमा लाग्नसकेमा सहजता आउने छ । स्थानीय सरकारले पनि समन्वय र सहकार्यका लागि सबैलाई आग्रह गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here