Tuesday, March 26, 2024
Homebreaking-newsप्रेमले लियो ज्यान

प्रेमले लियो ज्यान

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम, ११ जेठ ।

प्रेमका कारण जाजरकोटका एक युवाका ज्यान गएको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका वडा नं ४ का २१ वर्षिय नवराज विक र उनीसँगै गएका साथीको ज्यान गएको हो ।

अन्तरजातिय प्रेममा फसेका विकको रूकुमको चौरजहारीमा केटी लिन जाँदा ज्यान गएको छ । उनीहरूको हत्या गरिएको आशंकामा पश्चिम रूकुम चौरजहारी नगरपालिकाका वडा नं ८ का वडा अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका वडा नं.८ सोती निवासी शुष्मा मल्लसँग विकको लामो समयदेखि प्रेम रहेको खुलेको छ । शुष्माकै आग्रहमा शनिबार १८ जना युवा साथीहरू लिएर विक शुष्माको घर पुगेका थिए ।

केटीका परिवारले गाउँलेलाई खबर गरी वडा अध्यक्ष वीरबहादुर मल्लसहितकाले गाउँलेहरूले उनीहरूलाई आक्रमण गरेर लखेट्दा नवराज र उनका साथीको ज्यान गएको प्रहरीले जनाएको छ । यदपी घटनाको थप अनुसन्धान भने भइरहेको प्रहरी निरीक्षक धर्मसिंह विष्टले जानकारी दिए ।

उनीहरूसँगै गएका अन्य पाँचजना अझै बेपत्ता रहेको र १२ जना घर फर्किएका छन् । प्रहरीले वडा अध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको विष्टले बताए ।

शुष्मालाई लिन नवराजसहितको युवाको समूह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको छ । पीडित पक्षले भने हत्या गरेर भेरीमा फालिदिएको आरोप लगाएका छन् ।

नवराजसँगै गएका जाजरकोटको भेरी नगरपालिका–४ का गणेश विक, वडा नं. ११ का लोकेन्द्र सुनार, गणेश शाही, सन्दिप विक र पश्चिम रूकुमको चौरजहारी नगरपालिकाका टिकाराम सुनार बेपत्ता भएका छन् ।

बेपत्तामध्ये एकजनाको शव भेटिएको र पहिचान हुन नसकेको प्रहरीले बताएको छ । बेपत्ता भएकामध्ये एकजनाको शव भेरी आइतबार साँझ भेरी नदीको किनारमा भेटिएको थियो । शवको पहिचान हुन सकेको छैन् ।

अन्तरजातिय प्रेम विवाह गर्न खोजेको भन्दै आक्रमण गरेको स्थानीयले बताएका छन् । शुष्माका आमाबुवाले भने विवाहका लागि उमेर नपुगेको र जबरजस्ती छोरी लैजान खोजेपछि सामान्य विवाद भएको बताएका छन् ।

घटनापछि प्रहरी सम्पर्कमा गएका १२ जनामध्ये भेरी नगरपालिका वडा नं. ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि बेपत्ता भएका अन्य पाँचजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here