- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsबाँके र बर्दियाका थप पाँचजनामा कोरोना संक्रमण

बाँके र बर्दियाका थप पाँचजनामा कोरोना संक्रमण

- Advertisement -spot_img

दाङ, ११ जेठ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार थप पाँचजनाको रिपोर्ट पोजेटिभ आएको छ । दाङ, बाँके र बर्दिया जिल्लाका नमूना संकलन गरी ल्याएका २ सय २९ जनाको स्वाव परिक्षण गर्दा पाँचजनाको रिपोट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ बर्दियाका एकजना र बाँके जिल्लाका चारजना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए ।

प्रतिष्ठानमा आइतबार बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–५ निवासी २४, २३, २३ र १६ बर्षका पुरुषहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

बर्दिया जिल्ला बासगढी–९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।प्रतिष्ठानमा आइतबार बर्दियाका एकजना र बाँकेका १ सय २९ जनाको स्वाव पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here