- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsराहत लिएर घरमै पुगे वडा अध्यक्ष

राहत लिएर घरमै पुगे वडा अध्यक्ष

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, ११ जेठ ।

लकडाउनका कारण समस्यामा परेका ज्यालादारी श्रमिक र विपन्न वर्गका नागरिकलाई स्थानीय सरकारले राहतका रुपमा खाद्यान्न तथा अत्यावश्यक वस्तु वितरण गरिरहेका छन् ।

शारदा नगरपालिकाले ज्यालादारी श्रमिक र विपन्न वर्गका नागरिकलाई दोस्रो चरणको राहत वितरणको सुरुवात गरेको छ । नगरपालिकाले १५ वटै वडामा राहत पठाएर केही वडाले तत्कालै राहत वितरण गरिसकेका छन् ।

यस्तै शनिबार १२ नम्बर वडाले राहत वितरण गरेको थियो । १२ नम्बर वडाले राहत वितरण सकेको अर्कोदिन खानै नपाउनेले पनि राहत पाएन भन्ने गुनोसो आएपछि आइतबार वडा अध्यक्ष दिपक हमाल राहत लिएर पीडित भनिएका ब्यक्ति घरमा २५ केजी चामल, दाल, नुन, साबुन लिएर घरमै पुगेका थिए ।

घरमै पुगेर अध्यक्ष हमालले बुझ्दा करिब डेढ महिनासम्म पुग्ने खाद्यान्न रहेको जानकारी पाए । पीडित भनिएकी महिला दुई महिना अघिमात्रै दिदीको घरमा बस्न आएको र स्वास्थ्य संस्थामा नभएर दिदीको घरमै सुत्केरी भएकी थिइन ।

ती महिला दिदीको घरमै बच्चा जन्मेकाले स्वास्थ्य संस्थाबाट पनि उनको नाम पहिचान नभएर वडा कार्यालय पनि अन्योलमा परेकोले वडा अध्यक्ष स्वयम् राहत लिएर पुगेका थिए ।

दिदीको परिवारसमेत पाँचजना एउटै घरमा बस्ने भएकोले खाना त समस्या पछि पर्ला तर अहिले भोकै बस्नुपर्ने अवस्था नरहेको ती महिलाले बताइन् ।

उनका अनुसार राहत पाइन्छ लिन जाउ भनेपछि मात्रै वडामा गएको सुत्केरी महिलाकी दिदीले बताइन् । घरमै लिएको राहत सामग्री दिदै अध्यक्ष हमालले आफ्नो वडामा जो जहाँबाट आएर बसे पनि कुनै पनि वडाबासीलाई भोकै बस्न नदिने र यदि गाउँघरमा कसैलाई साझ र बिहान खान धौ–धौ छ भने तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरे ।

उनले पछिल्लो समयमा राहतमा पनि राजनीति गर्न खोजिएको भन्दै यस्तो विपद्को घडीमा पनि राजनीति नगर्न आग्रह गरे ।

शारदा नगरपालिकाले दोस्रो चरणको राहत वितरण सकेपछि आगामी दिनमा राहतभन्दा गरिब र दैनिक मजदुरी गर्नेलाई दैनिक गुजारा चलाउन सकिने गरी रोजगारी दिइने बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here