- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा साढे तीन हजार भित्रिए

दाङमा साढे तीन हजार भित्रिए

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ११ जेठ ।

दाङमा जिल्ला बाहिर र तेस्रो देशबाट साढे तीन हजार नागरिकहरू भित्रिएका छन् । जिल्लाका विभिन्न नाका हुँदै वैदेशिक रोजगारीका लागि भारत लगायत अन्य मुलुक गएका नागरिकहरू स्थानीय सरकारको समन्वयमा घर फर्किएका हुन् ।

शनिबारसम्म जिल्लामा मात्रै ३ हजार ३ सय २६ नागरिकहरू सम्बन्धित जिल्ला भित्रिएको स्थानीय निकायहरूको तथ्यांक रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका शनिबारसम्म १ सय ३४ जना नागरिकहरू भित्रिएका छन् । जिल्लाका विभिन्न नाका हुँदै जिल्ला प्रवेश गरेका उनीहरूलाई स्थानीय प्रशासन र स्थानीय सरकारको समन्वमा उद्धार गरी क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।
जिल्लाका विभिन्न नाका क्षेत्र हुँदै आएका उनीहरूलाई वडास्तरीय क्वारेन्टाइनमा राख्ने गरिएको केसीले जानकारी दिए । पछिल्लो समय दैनिक २५ जना नागरिकहरू भारतसहित अन्य मुलुकबाट आउने गरेको उनले बताए ।
लकडाउनको समयमा भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिनेको संख्या ६ सय ७५ पुगिसकेको घोराही उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए । उनले सोमबारसम्म थप २ सय नागरिकहरू विभिन्न नाका हुँदै आउने अनुमान गरिएको बताए ।
जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिकहरू राप्ती गाउँपालिकामा भित्रिएका छन् । शनिबारसम्म ८ सय नागरिकहरू भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।
उनले ५ सय नागरिकहरू भित्रिन सक्ने सम्भावना रहेको बताए । बंगलाचुली गाउँपालिकामा शनिबारसम्म ५ सय ५० नागरिकहरू भित्रिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
उनले आइतबार र सोमबारसम्म थप ३ सय नागरिकहरू भारतबाट आईसक्ने बताए । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नागरिकहरू धमाधम घर आउन थालेका उनले बताए ।
बबई गाउँपालिकामा ४ सय ७७ नागरिकहरू गाउँपालिका प्रवेश गरेका छन् । दंगीशरण गाउँपालिकामा भारतबाट ३३ जना आएको स्वास्थ्य संयोजक दशरथ गिरीले जानकारी दिए । लमही नगरपालिकामा पनि ३ सय नागरिकहरू दोस्रो मुलुकदेखि आएका छन् ।
शान्तिनगर गाउँपालिकामा ८५ जना नागरिकहरू विभिन्न स्थानबाट आएको गाउँपालिकाले जनाएको छ । त्यस्तै जेठ १० गतेसम्म विभिन्न मुलुकबाट राजपुर गाउँपालिकामा २२ र गढवा गाउँपालिकामा २ सय ५० जना आएका छन् ।

सुरक्षा व्यवस्थापनमा समस्या

कोरोना संक्रमणको त्रासका कारण धमाधम नागरिकहरू घर फर्कन थालेपछि जिल्लामा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ ।
फर्कने नागरिकहरूको संख्या धेरै भएपछि स्थानीय तहहरूलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन् ।
यस्तै जिल्लाको सुरक्षा व्यवस्थापनमा समेत समस्या देखिएको छ । जिल्लामा रहेका ६१ वटा क्वारेन्टाइनमा प्रत्येक क्वारेन्टाइनमा पाँचजना सुरक्षाकर्मीका दरले प्रहरी परिचालन गर्नुपर्ने भएपछि जनशक्तिको अभाव भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्लामा अहिले १ हजार सुरक्षाकर्मी रहेका छन् । जसमध्ये ६ सय प्रहरी जिल्लाका विभिन्न क्वारेन्टाइनमा नै खटिएका छन् । जसका कारण अन्य सुरक्षा व्यवस्थामा असर पर्ने देखिएको दाङ प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here