- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमकैमा फौजी किरा

मकैमा फौजी किरा

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ११ बैशाख । रूकुम पश्चिमका दुईवटा स्थानीय तहमा मकैमा अमेरिकन फौजी किराको प्रकोप बढिरहेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ६, ७, ८ र ९ र सानीभेरी गाउँपालिकाको ३ र ४ नम्बर वडामा प्रकोपको डरले किसानहरू बनेका छ्न ।
कुट्याउन लागेको मकैमा रोग लागेपछि किसानहरूलाई रोग कसरी निर्मूल गर्न सकिन्छ ? भन्ने विषयमा चिन्तित बनाएको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का किसान देवबहादुर कुसारीले बताए ।
नेपालका विभिन्न जिल्लामा देखिएको अमेरिकन फौज किराको प्रकोपले रासायनिक बिषादी प्रयोगले गर्दा सही बिषादी पनि प्रभावहीन हुन नसक्ने बाँफिकोट कृषि विकास शाखाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले बताए । रोगले किसानहरू प्रभावित भएका छन् ।
मकै बालीबाट राम्रो आम्दानी लिने सोंच बनाएका किसानहरू फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो ? भन्ने विषयमा चिन्तित बन्न पुगेका छन् । अमेरिकन फौजी किराले मकै बालीलाई धेरै मनपराउने गर्छ ।
मकै मात्रै होईन धान, गहुँ, तोरीलगायत ८० प्रकारको बालीमा असर पु¥याउने भएकाले बालीमा ध्यान दिनुपर्ने सानीभेरी गाउँपालिकाका कृषि विकास शाखाका कार्यालय प्रमुख महेन्द्र ओलीले भने ।
हामीहरूले नियन्त्रणको उपायहरू अपनाईरहेका छांै तर यसको असर व्यापक फैलिएको हुँदा नियन्त्रण गर्न गाह्रो भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here