- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरक्वारेन्टाइनमा बसेकालाई भत्ता

क्वारेन्टाइनमा बसेकालाई भत्ता

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पश्चिम), ११ जेठ । पश्चिम रूकुमको चौरजहारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई दैनिक १ सय ७८ रूपैयाँ दिने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकालाई नगरपालिका आफैंले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४ वटै वडाका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टाइनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने, ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ ।
क्वारेन्टाइनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाईका सामग्री प्रदान गरेको नगरप्रमुख विशाल शर्माले जानकारी दिए ।
चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरू घर फर्कन शुरू गरेको र शनिबार मात्रै ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here