- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरआमाको किरिया गर्दै छोरी

आमाको किरिया गर्दै छोरी

- Advertisement -spot_img

खेमराज विश्वकर्मा
तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गैरापातु रामनगर निवासी सरिता विश्वकर्माले आफ्नो आमाको किरिया आफै गरेकी छन् । जेठ १० गते बिहान साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु निवासी ७५ वर्षिय निमकली सुनारको निधन भएपछि उनकी कान्छी छोरी सरीता विश्वकर्माले आमाको किरियामा आफै बसेकी छन् ।
समाजमा छोराले मात्र आफ्नो बुवाआमाको किरिया गर्नुपर्छ भन्ने मान्यातालाई निरूत्साहित गर्दै छोरीले पनि जन्मदिने बुवाआमाको किरिया गर्न सक्छन् भन्ने उदाहरण उनले दिएकी छन् ।
७२ वर्षीय मृतक निमकली सुनारका आफ्ना छोराहरू नभएको र उनका दुईवटी छोरीमात्र भएकोले उनी कान्छी छोरी सरीतासँग बस्दै आएकी थिइन । आमाको मृत्युपछि आफै छोरीले किरियामा बसेर समाजमा उदाहरणीय काम गरेको समाजका नागरिक तथा उनका आफन्तहरूले समेत बताएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here