- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरविकासका लागि उद्योगधन्दा अनिवार्य

विकासका लागि उद्योगधन्दा अनिवार्य

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पश्चिम), ११ जेठ । जिल्ला समन्वय समिति रूकुम पश्चिमका प्रमुख राजकुमार शर्माले कृषि र वन पैदावारमा आधारित उद्योग स्थापना नगरेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
आर्थिक वर्ष ०७७/७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जिल्ला समन्वय प्रमुख, उपप्रमुख स्थानीय तहका प्रमुखसँग गरेको भिडियो संवादमा यस्तो बताएका हुन् ।
नीति, कार्यक्रम तथा बजेट बनाउँदा जनतासँग सँगसँगै जाने गरी बनाउनुपर्नेमा जोड दिएका प्रमुख शर्माले यसका लागि जिल्लामा त्यस्तै गृहकार्य भइरहेको बताए ।
रूकुम पश्चिम र कर्णालीमा कृषि र वन पैदावार सम्बन्धीका उद्योग तथा केही खानी सञ्चालनको पूर्वाधार तयारमा लाग्नुपर्ने शर्माको भनाई छ ।
जनतासँग भएको पुँजी परिचालनमा सरकार अघि लाग्नुपर्ने र त्यसैबाट समृद्धिको मार्ग बनाउनुपर्ने भनाई छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, द्वन्द्वपीडितको व्यवस्थापन, एक घर एक धारा, सिंचाईको कार्यक्रमलाई प्राथमिकताको आधारमा कार्यान्वयनको आधार तयार पार्ने गरी बजेट बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सुझाव दिएको छ ।
भिडियो संवादमा सार्वजनिक खरिद ऐन सहज बनाउन प्रदेशले सहजीकरण गर्नुपर्ने, श्रम सहकारी तथा श्रम सहकार्य समूह परिचालन गरेर रोजगारी सिर्जना गर्नतर्फ सरकार लाग्नुपर्ने स्थानीय तहका प्रमुखहरूले सुझाव राखे ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकार कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।
सामाजिक विकास त्यसमा पनि स्वास्थ्यका लागि उपकरण, भौतिक संरचना, जनशक्तिको व्यवस्थापनमा ध्यान दिइरहेको र दिइने पनि ज्वालाको भनाई छ ।
प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाय र खगेन्द्र भट्टराईले सञ्चालन गरेको बैठकमा समन्वय प्रमुख शर्मा र उपप्रमुख इन्द्रिरा बिएम, चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा, मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतम,
आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसी, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन, त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट, चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलगायतको सहभागिता थियो ।
प्राथमिकता र आवश्यकताको आधारमा सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकाससँगै महामारी विरूद्धको संघर्ष, उत्पादन वृद्धि र रोजगार सिर्जना गरी समग्र कर्णालीको विकासलाई माथि उठाउने विषयमा छलफल भएको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here