Thursday, March 28, 2024
Homeफिचरपत्रकारलाई स्वास्थ्य सामाग्री

पत्रकारलाई स्वास्थ्य सामाग्री

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ११ जेठ । दाङका क्रियाशील पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको पहलमा प्रेस युनियनमा आवद्ध क्रियाशील पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोरोना संक्रमणको जोखिम बढ्दै गईरहेको समयमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका लागि माक्स, सेनिटाइजर र पञ्जा सहयोग गरेको केन्द्रीय सदस्य केसीले जानकारी दिए । उनले एक हजार पिस पञ्जा, एक सय पीस मास्क र ५० पिस सेनेटाइजर हस्तान्तरण गरेको बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग प्राप्त भएका मास्क, सेनेटाइजर र पञ्जा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत फिल्डमा खटेर काम गर्ने सञ्चारकर्मीहरूलाई प्रदान गरिने प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here