- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरअवैध काठसहित पक्राउ

अवैध काठसहित पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ११ जेठ । शुक्रबार वन कार्यालयले अवैध ४१ थान सालको काठसहित एकजनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय दाङ र दंगीशरण सवडिभिजन वन कार्यालयबाट गएको संयुक्त वन गस्ती टोलीले सालको चिरान काठ ४१ थानसहित शाान्तिनगर–१ का दिलबहादुर थापालाई नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको काठ र पक्राउ गरिएका थापालाई डिभिजन वन कार्यालय दाङमा राखिएको छ । कटान भएको काठ सुन्दर सामुदायिक वनको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।
लकडाउनको दुई महिनाको अवधिमा विभिन्न एक दर्जन घटनामा सयौ क्यूफिट काठ बरामद गरिएको डिभिजन प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । साथै काठ तस्करी र वन्यजन्तु चोरी सिकारी संलग्न रहेको अभियोगमा दुई दर्जन बढीलाई कारबाहीको प्रक्रियामा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here