- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयविपद्मा खटिनेलाई प्रोत्साहन

विपद्मा खटिनेलाई प्रोत्साहन

- Advertisement -spot_img

सम्पादकीय
चीनको वुहान सहरबाट पहिचान भएको कोभिड–१९ कोरोनाभाइरस अहिले विश्वका २ सय १० भन्दा बढी राष्ट्रमा फैलिसकेको छ । यसरी फैलिएको ६ महिना बितिसक्दा पनि कोरोनाको अहिलेसम्म न अन्त्यको भएको छ न त औषधीको उत्पादनमै भएको छ ।
कहिलेसम्म संक्रमण फैलिने हो, कसैले पनि भन्न सक्ने अवस्था छैन् । भाइरसको पत्ता लगाउने चीनका डाक्टरदेखि विश्वका विभिन्न देशका राष्ट्रप्रमुख समेत यस रोगबाट अछुतो रहन सकेनन् ।
नेपालमा पनि संक्रमण दर दैनिक बढिरहेको छ । कोरोनाको रोकथामका लागि स्वास्थ्यकर्मी सबैभन्दा बढी अग्रपंक्तिमा छन् । आफ्नो ज्यानलाई धरापमा राखेर भएपनि स्वास्थ्यकर्मीले नागरिकको जीउज्यान बचाउने प्रयासमा छ ।
सुरक्षाकर्मी, सञ्चारकर्मी पनि उस्तै गरी खटिएका छन् । यद्यपि उनीहरु पनि कोरोनाको संक्रमणबाट मुक्त हुन सकिरहेका छैन् । उनीहरुले देखाएको साहस इतिहासमा पक्कै पनि रहनेछ ।
तर पनि कतिपय ठाउँमा डाक्टरलाई विभिन्न व्यक्तिको दुव्र्यवहारले उनीहरुको मनोवल नै घट्ने गरेको छ । महामारीको संकटमा डाक्टरहरुले आफ्नो पेशाभन्दा माथि उठेर सेवाभावका साथ काम गरिरहेका डाक्टरको उच्च मनोबलका लागि नागरिकस्तरबाट पनि डाक्टरहरुको सम्मानमा कमि ल्याउन दिनहुँदैन् ।
कोरोनाभाइरसको संकटबाट बचाउन डाक्टरसँगै सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, एम्बुलेन्स चालकलगायतका व्यक्तिहरुको भूमिका महत्वपूर्ण छ । सरकारले ति व्यक्तिहरुको स्वास्थ्य सुरक्षा सामग्रीमा कमि आउन नदिई उनीहरुले काम गर्ने वातावरण बनाउनुपर्छ ।
अहिलेको विषम परिस्थितिमा सरकारले लकडाउनको घोषणा ग¥यो तर त्यतिले कोरोना महामारीको अन्त्य हुने कुरा भएन् । नागरिकलाई रोगसँगै भोकबाट बचाउन अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारले पनि अतुलनीय भूमिका खेलेका छन् ।
सुरक्षाकर्मीले पनि अपर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीमा पनि आफ्नो पेशा वा कर्मलाई छोडेका छैनन् । नेपालमा कोरोनाले सुरक्षाकर्मीलाई पनि अछुतो राखेको छैन् । जनप्रतिनिधि पनि जनताका समस्यालाई आफ्नै समस्या ठानेर केही एक÷दुई ठाउँबाहेक सबै ठाउँमा निरन्तर लागिरहेका छन् ।
एम्बुलेन्स चालकले पनि अहिलेको परिस्थितिमा खेलेको भूमिका अतुलनीय छ । कोरोना महामारीसँग सामना गर्नका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सबैका लागि मनोवल बढाउने काम गर्नुपर्छ ।
अग्रपंक्तिमा काम गर्ने उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीदेखि उनीहरुले पाउने सेवा सुविधालाई थप गर्न सरकारको ध्यान जानुपर्छ ।
अझ विषेशगरी डाक्टरको भूमिका अग्रपंक्तिमै भएकाले उनीहरुको विषेश ख्याल गरी मनोबल बढाउने किसिमका कार्यक्रम ल्याउन आवश्यक छ ।
सञ्चारक्षेत्रबाट यतिबेला डाक्टरको मनोबल बढाउने किसिमका सामग्री प्रकाशन, प्रसारण गर्नुपर्छ । अहिलेको परिस्थितिमा पनि डाक्टरले बस्ने कोठा नपाएका खबर पनि छन्, यस्ता घटनाले उनीहरुको मनोबल घट्ने देखिन्छ ।
बिरामीको उपचारमा खटिने डाक्टरलाई घृणा होइन्, सम्मान गरौं । विपद्को घडीमा मनसँग मन जोडौं, सन्त्रास होइन् सजकता अपनाऔ । अग्रपंतीमा रहेकाहरुलाई प्रोत्साहन दिऔ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here