- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsबर्दियाका संक्रमितलाई उपचारकालागि दाङ ल्याइयो

बर्दियाका संक्रमितलाई उपचारकालागि दाङ ल्याइयो

- Advertisement -spot_img


प्रदेश टुडे
दाङ ।

दाङमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितहरुको सख्या बढी रहेको छ ।

अहिले अस्पतालमा चार जिल्लाका १८ जनाको उपचार भइरहेको छ । शनिवार मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा परिक्षण भई पोजेटिक देखिएका बर्दियाका १९ वर्षिय सक्रमित पुरुषलाई उपचारका लागि कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

अस्पतालमा कपिलबस्तुका ६ जना, बाँके नरैनापुरका ८ जना, दाङका ३ जनाको उपचार भइरहेको छ । शनिवार बर्दियाका एक जना आए पछि विरामी सख्या १८ पुगेको अस्पतालका व्यवस्थापक (हे.अ) दोर्ण वलीले बताए । उनले सबै सक्रमितहरुको अबस्था सामान्य रहेको जानकारी दिए । बेल्झुण्डी कोरोना अस्पताल एक सय आइसोलेशन बेडको रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here