- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsतिम्रो घमण्ड

तिम्रो घमण्ड

- Advertisement -spot_img

ए मेरा कुरौटेहरु
यथार्थतालाई भुलेर
चोटहरुको थुप्रोमा अझ चोट थपी
सिस्नो सरी पोल्ने
तिम्रा बचनको प्रहार
थेग्न नसकेर रोएको मन
देखाउन सक्ने आट छैन म मा
भन्छन् पृथ्वी गोलो छ
समय सबैको आउँछ
जब तिमीलाई नि ठेस लाग्नेछ
अनि दुख्नेछ मन
त्यतिबेला तिमी मलाई सम्झनेछौं
रुनेछ मन आफ्नै कर्तुत सम्झी
तितो अनि यथार्थ सत्य
यात्रा सबैको घाटसम्म नै
करोडदेखि रोडसम्म
राजादेखि रैतीसम्म
जलेर खरानी हुने नै
अनि किन बैर अनि घमण्ड
दैवको लीला दुःखपछि सुख
समय लाग्ला जरुर
पैसाको घमण्ड छ भने
सास किनेर देखाऊ
रुपको घमण्ड छ भने
चाउरिने छन् गाला पनि
यस्तै हो भने टाढिने छन् आफ्ना
हुनेछौं एक्लै तिमी
त्यो समय नियाल्नु आफूलाई
अनि सम्झनु मलाई
तब देख्नेछौं तिमीले
आफन्तको घात अनि रोएको मन
तब तोडिनेछ तिम्रो घमण्ड ।
गढवा, देउखुरी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here