- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमान्छे

मान्छे

- Advertisement -spot_img

आज आफूसँग आफै डराईरहेछ मान्छे
भिडलाई छिचोलेर एक्लिदै छ मान्छे ।।
के गर्न सक्दैन ? भनेर धावा बोल्ने मान्छे
आज सानो भाईरससँग पौठेजोरी खेल्दै छ मान्छे ।।
प्रकृतिको अनुपम सुन्दरतामा मुस्कुराउँदै हिड्ने मान्छे
लासहरुको थुप्रोमा त्रसित र मुर्छित बन्दै बरबराउदै छ मान्छे ।।
औषधिको खोजीमा छटपटिएको छ मान्छे
रोग र भोकले किन पीडित बन्दै छ मान्छे ।।
एकले अर्कालाई सहयोग गर्न पनि अघि बढ्दै छ मान्छे
आफ्नो गन्तव्यमा पुग्नलाई लाठी खान पनि पछि पर्दैन मान्छे ।।
अँध्यारो रातपछिको उज्यालो किरणको प्रतिक्षामा दिन गन्दै छ मान्छे
आफू मरेर पनि अरुलाई बचाउनमा तत्पर छ मान्छे ।।
नडराएर अघि बढौं जित हाम्रै हुन्छ भन्दै छ मान्छे
बाँडीचुडि खाऔं र घरमा नै बसौं भन्ने सन्देश फुक्दै छ मान्छे ।।
अरुलाई बचाएर आफू माटोमा विलिन बन्दै छ मान्छे ।।
आफूसँग आफै किन डराई रहेछ मान्छे ।।
तुलसीपुर–७ रामनगर, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here