- Advertisement -spot_img
Thursday, June 17, 2021
HomeUncategorizedमातृभूमि प्राणभन्दा प्यारो

मातृभूमि प्राणभन्दा प्यारो

- Advertisement -spot_img

किन जान्छौ प्रदेशमा
आफ्नो देशमा के कम छ
जननी जन्मभूमि स्वर्गभन्दा महान छ ।
हाम्रो देशमा सगरमाथा
विश्वकै ताज मुकुट
प्रदेशमा नजाऊ
मेरा भाइ, बहिनी प्रदेशमा दुःख छ ।
अर्काको देशमा
हामीलाई नेपाली भनेर हेप्छन्
कसैले गर्छन् चौकीदारी
कसैले भाडा मिस्छन् ।
आजभोलि नेपालीले
भारतमा कति दुःख पा’का छन्
लकडाउनमा काम धन्दाहरु सबै बन्द छन्
भोकै प्यास भड्केर यता उता घुम्छन् ।
काठमाडौंमा पशुपतिनाथ
मन्दिरको हरेक देशमा सम्मान छ
किन जान्छउ प्रदेशमा
आफ्नो देशमा के कम छ
जननी जन्मभूमि स्वर्गभन्दा महान छ ।
हाम्रो देशमा गौतम बुद्धको
जन्मस्थल लुम्बिनी बन्छ
सीताले जहाँ जन्म लिएकी थिइन्
त्यहाँ जनकपुरधाम छ ।
पोखरा कस्तो मनोहर छ
जहाँ फेवाताल छ
देश विदेशका मान्छेहरु यहाँ घुम्न आउछन्
हामी कस्ता मूर्ख छम्
अर्काको देशमा जान्छम ।
अर्काको देशमा नजाऊ
बरु आफ्नो देशको
नाम मान शान पूरा विश्वमै फैलाऊ
हाम्रो देशको प्रगती विकासलाई
हामी अघि बढाऔं
हाम्रो मातृभूमिको माटो
हामीलाई कति महान छ ।
किन जान्छौं प्रदेशमा
हाम्रो देशमा के कम छ
जननी जन्मभूमि स्वर्गभन्दा महान छ ।
दंगीशरण–१ गोल्टाकुरी, दाङ
हालः नयाँ दिल्ली भारत

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here