- Advertisement -spot_img
Sunday, June 20, 2021
HomeUncategorized‘जाबो स्त्री’

‘जाबो स्त्री’

- Advertisement -spot_img

के तिमीलाई जन्मदिने माता जाबो हो ?
के तिम्रो चेलिबेटी जाबो हुन्
के तिम्रो गाउँ समाजको दिदीबहिनी जाबो हो ?
उनी जाबो भए,
श्री स्वस्थानीकी सतिदेवी पनि जाबो हुन् ?
फेरि स्वयम् महादेव किन बहुला भए ?
माता सतिदेवीको पार्थिव शरीर काँधमा बोकेर
बाह्र वर्षसम्म किन आफैमा हराए ?
उनी जाबो भए माता सीता पनि जाबो हुन्
फेरि स्वयं भगवान राम किन निरास भए ?
भोक, प्यास दिन, रात नभनी
उनलाई किन खोज्दै बसे ?
उनि जाबो भए माता राधा पनि जाबो हुन्
फेरि स्वयम् भगवान श्रीकृष्ण किन मोहित भए ?
उनको अगाडी त हजारौँ गोपिनी अघिपछि थिए
तर माता राधालाई किन रोज्दै बसे ?
म पनि त श्रीकृष्ण झैँ मोहित छु
उनीलाई नै खोजी अनि रोजि रहेछु ,
म पनि त श्रीराम झै निरास छु
उनलाई नै खोजी रहेछु ,
म पनि त महादेव जस्तै पागल छु
उनकै याद अनि सम्झनामा तड्पीरहेछु ।
फेरि उनी कसरी जाबो स्त्री भईन?
उनी त मेरी प्रेमिका हुन्
उनी त मेरो पूजा, पवित्रता हुन्
मेरो प्रार्थना गर्ने मन्दिर हुन्
मेरो आस्था, मेरो आरधना हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here