- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsयुवाको उदाहरणीय कार्य

युवाको उदाहरणीय कार्य

- Advertisement -spot_img

प्रदेश टुडे
कोरोनाभाइरसको प्रभाव देशभर रहेको छ । सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरिरहेको छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित भइरहेका बेला विभिन्न क्षेत्रमा नमुनायोग्य काम भइरहेका छन् ।
लकडाउनको प्रभावले कृषि क्षेत्र समस्यामा परिरहेको र किसानको उत्पादन खेतमै कुहिने तर भारतीय उत्पादन उपभोक्तासम्म जाँदा महंगो गइरहेको समयमा यहाँँ तरकारीजन्य वस्तुको होम डेलिभरी सेवा सुरू भएको छ ।
दैनिक उपभोग्य वस्तुहरूमा अत्यधिक मूल्य बढिरहेका बेला र उपलब्धतामा समेत असहज भइरहदा यहाँका युवाहरूले उदाहरणीय काम गरेका छन् ।
किसानको उत्पादन उपभोक्तासम्म किसानकै मूल्यमा पु¥याउने अभियान थालेका छन् । विकल्प नामाकरण गरेर युवाहरूले घर–घरमा सस्तो र ताजा तरकारी पु¥याइरहेका छन् ।
घर–घरमा स्वयम्सेवी तवरले स्थानीय युवा हरिश गिरीको अगुवाईमा सुपथ र सस्तो मूल्यमा तरकारीजन्य वस्तुहरू हरेक बिहान उपभोक्ताहरूका घर–घरमा पु¥याइराखिएको छ ।
तुलसीपुर बजार क्षेत्रमा विकल्प समूहले तरकारीको घर–घरका ढुवानी व्यवस्था गरिरहेको हो । स्थानीय नागरिकहरूले पनि यो सेवालाई प्रशंसनीय कार्य भनेका छन् । घोराही क्षेत्रका व्यवसायीहरूले यो अभियान सञ्चालन गरेका छन् भने तुलसीपुरका युवाहरूको अगुवाईमा यो काम थालिएको हो ।

युवाहरूले गरेको यो कार्य प्रशंसनीय र राम्रो काम भएको उपभोक्ताहरूले बताएका छन् । लकडाउनको समयमा यसरी युवाले गरेको प्रयास राम्रो भएको र बजार भाउभन्दा सस्तोमा ताजा त्यो पनि स्थानीय उत्पादन खान पाएको उपभोक्ता नविन पोख्रेलले बताए ।
स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने र असज अवस्थालाई सहज बनाउन यो काम सुरू गरिएको युवा हरिश गिरीले बताए । उनले विकल्प समूहको नामबाट अहिले यो काम गरेको जानकारी दिए । मूल्यमा गाडी भाडा जोडेर उपभोक्तालाई तरकारी उपलब्ध गराउँदै आएको बताए ।
स्थानीय सरकारले सहयोग नगरेको गुनासो गरेका गिरीले स्थानीय प्रशासनको भने सपोर्ट र सहयोग पाएको बताए । मानवीय सेवाका लागि मात्रै यो कार्य गरेका छौं उनले भने, मुनाफा लिएका छैनौ । यो समूहलाई उद्योगीका छाता संगठनहरूले भने आन्तरिक रूपमा सहयोग गरेका छन् ।
भारतीय तरकारी ल्याएर अत्यधिक मूल्यमा बिक्री वितरण भएको र स्थानीय उत्पादनले स्थान नपाएको अवस्थाका यस्ता नमुना कार्यले स्थानीय उत्पादनको बजारीकरण भइरहेको छ । बारीमा तरकारी कुहिराखेको बेला युवाहरूको यो कार्यले किसानहरू लाभाम्वित समेत भएका छन् ।
तुलसीपुर मात्रै नभएर घोराही क्षेत्रमा पनि यस्तो कार्य सुरू भएको छ । पहिलो व्यवसायीक संस्थाहरूले गरेका थिए भनेपछि युवाहरूको सक्रियतामा काम भइरहेको गिरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here