- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरलोकप्रिय बन्नु छ, लोकसेवा गरौं

लोकप्रिय बन्नु छ, लोकसेवा गरौं

- Advertisement -spot_img

श्रीराम दहित

लोकप्रिय बन्ने चाहना हुनु स्वाभाविक हो । समाजमा आफ्नो पहिचान बढोस्, सम्मान प्राप्ति होस् र आफूलाई धेरैले स्विकारून् भन्ने आकांक्षालाई नकार्न सकिदैन । तर यसलाई सार्थक बनाउन क्रियाकलाप पनि उच्चस्तरीय गर्न जरूरी हुन्छ ।
जसरी व्यक्ति लोकप्रियताका निमित्त सामाजिक स्वार्थमा कर्तव्यनिष्ठ रहन्छ त्यसैअनुरूप प्रभावकारी सकारात्मक सन्देश समाजमा रहने गर्दछ ।
हरेक सहज, असहज परिस्थितिको सामना गर्न नेतृत्वको सानो संकेतले युद्धस्तरमा सफलता हासिल गर्न उच्च चिन्तनशील व्यक्ति सहायक हुनेछन् ।
लोकप्रियता प्राप्तिका लागि एकाअर्कालाई नकारात्मक प्रभाव पार्ने गरी अस्वस्थ प्रतिस्पर्धा भएको हामी देख्न भोग्न बाध्य छौँ ।
अस्वस्थ प्रतिस्पर्धामा सर्वसाधारणहरूले उच्च मूल्याङ्कनका आधारमा वास्तविक लोकसेवीहरूलाई लोकप्रियता प्रदानकर्ता बन्न जरूरी छ ।

कुनै एकव्यक्ति लोकप्रियता प्राप्तिका लागि हजारौं सर्वसाधारणलाई नकारात्मक आश्वासनको प्रभावको मूल्याङ्कन स्वतन्त्ररूपमा सचेत नागरिकले भूमिका निर्वाह गर्न जरूरी हुन्छ।


लोकप्रिय बन्ने भागदौडमा प्राध्यापक, चिकित्सक, नेता, अभिनेता, खेलाडी, निजामती कर्मचारी, शिक्षक, कृषक, विद्यार्थी, गृहिणीलगायतका संगठित असंगठित क्षेत्रमा कार्यरत पेशाकर्मी प्रतिस्पर्धा गरिरहेको देख्न पाइन्छ ।
कुनै एकव्यक्ति लोकप्रियता प्राप्तिका लागि हजारौं सर्वसाधारणलाई नकारात्मक आश्वासनको प्रभावको मूल्याङ्कन स्वतन्त्ररूपमा सचेत नागरिकले भूमिका निर्वाह गर्न जरूरी हुन्छ ।
व्यक्तिगत तथा सामाजिक रूपमा प्रभाव पार्न उल्लेखित व्यक्तिहरू गरगहना, कपडा, सवारी साधन, विवाह, भोजजस्ता साधन स्रोतको दुरूपयोग बढ्दोरूपमा गरेको पाइन्छ ।
विज्ञान प्रविधिको विकाससँगै विभिन्न सयौं सामाजिक सञ्जालको माध्यमबाट लोकप्रियताका लागि दुरूपयोग गरी अश्लील नकारात्मक अलोकप्रिय परिणाम सर्वसाधारणले भोग्नुपरेको छ ।
हिजोआज लोकप्रिय बन्न विभिन्न उमेर समूहका व्यक्तिले सामाजिक सञ्जालको सहायता लिइएको पाइन्छ । विश्वका करोडौं व्यक्ति समूहले अरबौं घण्टाको अमूल्य समयको दुरूपयोग गरेको छ ।
करोडौं व्यक्तिहरूले खर्चिएको समयलाई उनीहरूको श्रम, क्षमता, प्रतिभालाई सकारात्मक कार्य अथवा स्वस्थ सत्यकर्ममा प्रयोग गरेमा अवश्य हामी सम्पूर्ण मानव खुसी र लोकप्रिय प्राप्ति गर्न अस्वस्थ प्रतिस्पर्धा तथा प्रविधि स्रोत साधनको दुरूपयोग गर्नुपर्ने छैन ।
सामाज परिवर्तनका लागि जीवन समर्पण गरेका महामानवहरूको भनाइ छ ‘लोकप्रिय बन्नु छ भने लोकको उपयोगी बनौं ।’ लोकप्रियता हासिल गर्न केही खास कार्यलाई जीवनशैलीको रूपमा अपनाउन जरूरी हुन्छ ।
१. स्वच्छ तथा स्वास्थ तन शरीर
२. कुशलताका लागि सजगता, प्रशन्नता
३. समवेदनशील सबैको सुख दुःखमा सहकर्मी
४. आफ्नो योग्यता क्षमता अभिवृद्धिमा अध्यनशील
५. विचारशिलः हरेक विचारलाई चिन्तन मनन् गरी कार्य गर्न गराउन
६. कार्यलाई प्रमाणीकरण गराउन समय, परिस्थिति, ईमानदारी तथा आर्थिक पारदर्शीता अपनाउने
७. सधैं सामाजिक कार्यमा मन, वचन र कर्मले लागिपर्नु लोकप्रियताको शुत्रको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
व्यक्तिले ‘म आफ्नो अमूल्य मानव जीवनको महत्वपूर्ण समय केवल समाज सेवामा समर्पण गर्नेछु भन्ने संकल्पका साथ निस्वार्थ रूपमा निरन्तर लागि परेमा लोकप्रियताको मार्ग खुल्ला रहनेछ ।’
हाम्रो व्यक्तित्वलाई परिस्कृत, सुसंस्कारित, सभ्य, लगनशील, मृदुभाषी, समवेदनशील, स्वच्छ, स्वस्थ, इमानदार, जिम्मेवार, समझदार तथा बहादुरी लगायतका उच्च मानवीय गुणको नियमित व्यवहारिक प्रयोग गरौं, लोकप्रिय बनौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here