- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरप्रदेशी जीवन ...

प्रदेशी जीवन …

- Advertisement -spot_img

कैलाश बोहरा

हरेक दिनको सुरूवात एउटा सुनौलो बिहानीबाट शुभारम्भ हुन्छ र शुभारम्भसँगै दिनभरी के गर्ने ? के नगर्ने ? दिनचर्या चलाउनको लागि भएपनि यो प्रदेशको ठाउँमा संघर्ष गर्नैपर्ने हुन्छ । जीवन जीउनको लागि भएपनि केही न केही गर्नुपर्ने बाध्यता हुन्छ ।
त्यहि बाध्यतामा अडिक रहेर हाम्रो देशजस्तो गरिबी मुलुकमा रोजगारीको अभावले गर्दा हजारौं लाखौं युवा प्रदेशिन बाध्य भएका छन् ।
आफ्नो जिन्दगी परिवर्तन गर्ने हेतुले प्रदेशिएका हजारौं लाखौ युवा जस्तोसुकै धनी राष्ट्रमा गए पनि स्वदेश जस्तो हँुदैन र आफ्नो–आफ्नोे पीडा सबैले बोकेकै हुन्छ ।
मोवाइलको अलारामको घण्टीसँगै बिहान उठ्न मन नभई–नभई पनि जबरजस्ती उठ्नु पर्छ । अनिदो मै केही खानेकुराहरू दिनभरीको लागि तयार पारी झोलामा पोको पारेर डिउटी निभाउन जानुपर्छ ।
१२ घण्टा चर्को घामसँगै पसिना तडतडी हुदाँसम्म निरन्तर खटिएर काम गर्नुपर्छ । न भोक, न प्यास, न थकाई, न निन्द्रा सबै यथावत राखी निरन्तर खटिएर काम गर्नुपर्छ ।
काम गर्दा–गर्दै पनि साहुको गाली अपच शब्दमा पीडित हुनुपर्छ । प्रदेशीले हरेक दिन आफ्नो पसिना रगतसँग लुकामारी गरी पैसा कमाउँछन् कठै बरा अझ भन्ने, हो भने महिना दिनसम्म काम गरेर पारिश्रमिक पनि दिदैन दिए पनि आधा दिन्छन् ।

प्रवासमा भनेजस्तो हुँदैन प्रवासको पीडा प्रवासमा बस्ने प्रवासीहरूलाई मात्र थाहा हुन्छ। जहाँ घरपरिवारलाई सुुखी बनाउन र भविष्यमा केही उदाहरणीय काम गरेर आफ्नै देशमा केही गरेर बस्न चाहन्छ। प्रवासीलाई नत चाडवाड न कुनै भोक–निन्द्रा न त आमा बुबा न दाजुभाइको त्यसैले प्रदेशीको पीडा प्रदेशीलाइ मात्र थाहा हुन्छ। त्यसैले भन्न मन लाग्छ सोचेजस्तो छैन प्रदेश ?


अब सुरू हुन्छ चिन्ता विदेश आउँदा साहुबाट ऋण झिकेर ल्याएको पैसाको चिन्ता घर परिवारको यादले भतभती पोल्दाको पीडा घरबाट छोरा पैसा पठाइदे भन्दाको चिन्ता कसलाई के थाहा विदेशको पीडा महिनौँ दिन काम गरेर तलब न पाउदा भनेजस्तो काम न हुँदाको पीडा महिना नमर्दै घरबाट पैसा पठाईदे बाबु भन्दाको पीडा कसैले बुझ्दैनन् ?
प्रदेशीको पीडा के गर्दैछ ? कस्तो छ ? के खाँदैछ कस्तो छ ? जिन्दगी भनेर कसैले सोच्दैन सोच्नु हुन्छ त केवल पैसा हाम्रो पनि त सपना नभाको कहाँ होर धनीको जस्तै घर घरेडी किन्ने चुहिने छानोमा टिन लगाउने के गर्नु प्रदेशमा भने जस्तो काम छैन ।
प्रवासमा भनेजस्तो हुँदैन प्रवासको पीडा प्रवासमा बस्ने प्रवासीहरूलाई मात्र थाहा हुन्छ । जहाँ घरपरिवारलाई सुुखी बनाउन र भविष्यमा केही उदाहरणीय काम गरेर आफ्नै देशमा केही गरेर बस्न चाहन्छ । प्रवासीलाई नत चाडवाड न कुनै भोक–निन्द्रा न त आमा बुबा न दाजुभाइको त्यसैले प्रदेशीको पीडा प्रदेशीलाई मात्र थाहा हुन्छ । त्यसैले भन्न मन लाग्छ सोचेजस्तो छैन प्रदेश ?
क्रमशः महिना दिनभरी काम गरी भने बमोजिमको तलब न पाउनुको पीडा भने जस्तो काम न हुनुको पीडा । एउटा काम भनेर अर्को काममा विदेशी साहुहरूले लगायर यातना दिदाको पीडा । स्वदेशमा बस्नेलाई केही थाहा हुन्न विदेशमा बस्ने हजारौं श्रमिक पीडकलाई थाहा हुन्छ ।
अझ प्रदेशीको बारेमा भन्नुपर्दा महिनौ दिन काम गरी पाएको तलब घर पठाउन जाँदा बाटोमै गुण्डा लाग्ने, लुटिनेजस्ता विभिन्न यातनाहरू प्रदेशीले भोग्नुपरेको र दिनानुदिन नेपाली दाजुभाइहरू लुटिएको ज्वलन्त उदाहरण यथावत नै छन् ।
त्यसैले सकिन्छ कोही दाजु, भाइ, दिदी, बहिनी प्रदेश न आउनु स्वदेशमै केही गरेर देखाउनु जति छ त्यतिमै रमाउनु । देख्ने भन्दा भोग्नेलाई थाहा हुन्छ यस्तै छ प्रदेशीको कहानी ।
कैलाली, नेपाल
हालः मलेसियाको राजधानी क्वालालम्पुरबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here