Saturday, April 20, 2024
Homeफिचरक्वारेन्टाइनको क्षमता बढाईदै

क्वारेन्टाइनको क्षमता बढाईदै

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १० जेठ । तुलसीपुर उपमहानगरपालिकामा क्वारेन्टाइनको क्षमता बढाउन सुरू गरिएको छ । भारतबाट आउने नागरिकहरूको संख्या बढेसँगै क्वारेन्टाइनको क्षमता बढाउन सुरू गरिएको छ । उपमहानगरपालिकाले तत्कालका लागि एक सय बेडको क्वारेन्टाइन निर्माण गरेको उपमहानगरका विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन बनाउन सुरू गरेको छ । हालसम्म उपमहानगरका विभिन्न पाँच स्थानमा ३ सय ५० बेडको क्वारेन्टाइन निर्माण गरिसकेको खत्रीले जानकारी दिए ।
उपमहानगरले रक्षाचौरमा १ सय, मावि कालाखोलामा ५०, राप्ती लाइफ केयर कलेजमा ५०, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ५० र अमर मावि उरहरीमा १ सय बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ ।
भारतबाट आउने संख्यालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले २ हजार बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले आवश्यकता अनुसार क्वारेन्टाइनको थप व्यवस्थापन गर्दै जाने बताए ।

१३३ क्वारेन्टाइनमा

तुलसीपुर उपमहानगरमा १ सय ३३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत र देशका विभिन्न स्थानबाट आएका नागरिकहरूलाई क्वारेन्टाइनमा राखिएको कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकामध्ये १ सय २ जना भारतबाट आएको उनले बताए । प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेहरूको संख्या बढेकाले थप क्वारेन्टाइनको व्यवस्था गर्दै आएको उनले बताए । भारतबाट आउनेहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
यसैबीच तुलसीपुर उपमहानगर अन्तर्गतका क्वारेन्टाइनमा बसेका ९३ जनाको स्वाव परिक्षण गरिएको छ । कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका उनीहरूको पिसीआर विधिबाट स्वाव परिक्षण गरिएको हो । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here