- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsराप्ती लाइफको नर्सिङ कलेजमा क्वारेन्टाइन

राप्ती लाइफको नर्सिङ कलेजमा क्वारेन्टाइन

- Advertisement -spot_img

तुलसीपुर, ९ जेठ ।
दाङ तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० बेडको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । प्रबन्धक जीवन भण्डारीका अनुसार हस्पिटलले तुलसीपुर–६ मोतीपुरमा सञ्चालित कलेजको भवन क्वारेन्टाइन सञ्चालनका लागि उपमहानगरपालिकालाई उपलब्ध गराएको हो ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तिब्ररुपमा बढिरहेको भन्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि सहयोगी बन्न आफूहरुले उपमहानगरपालिकालाई सहयोग गरेको उनको भनाइ थियो ।

अहिले दाङका नागरिकलाई भारतबाट पनि ल्याउन लागिएको भन्दै अहिले स्थानीय सरकारले सञ्चालनमा ल्याएका क्वारेन्टाइन अपुग हुने देखिएपछि थप गर्ने कार्य भइरहेको छ ।
हस्पिटलले कोरोनासँग सिर्जित समस्या समाधानमा जनतासँग रोग मात्रै नभई भोग मेटाउन पनि प्रयत्न गर्दै आएको छ ।

यसअघि हस्पिटलले दाङको तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा खाद्यान्न सहयोग गरेको थियो । हस्पिटलले अहिले कोरोनाको त्रासका बीच पनि उपचार सेवालाई प्रभावकारी ढंगले अगाडि बढाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here