- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचररोटरीको मानवीय सेवा प्रशंसनीय

रोटरीको मानवीय सेवा प्रशंसनीय

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ९ जेठ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले रोटरीले सेवामूलक कार्यमा विशेष जोड दिनुपर्ने बताएका छन् ।
यसको लागि पहिला क्लव बलियो हुनुपर्ने र नियमित रूपमा सदस्य थप गर्दै लग्नुपर्ने साथै एकपटक रोटरीमा प्रवेश गरिसकेका सदस्यहरूले निरन्तरता दिनुपर्ने उनको धारणा थियो ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको भर्चुअल क्लव भिजिट कार्यक्रममा बोल्दै गर्भनर श्रेष्ठले क्लवले गरेका सम्पूर्ण गतिविधिहरू उल्लेखनीय रहेको
र विशेषगरी कोरोनाभाइरस (कोभिड–१९) को अहिलेको उच्च संक्रमणका बीचमा पनि अग्रपंक्तिमा अहोरात्र खटेर क्लवले गरेको सामाजिक कार्य र मानवीय सेवाको खुलेर प्रशंसा गरे ।
साथै उनले अहिलेको विषम परिस्तिथिमा स्थानीय आवश्यकता बोध गरेर साझेदारीमा कुनै प्रस्ताव आएमा डिष्ट्रिकको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताए ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर नोमोनी सन्तोष रिजाल, असिष्टेन्ट गभर्नर प्रकाश भट्ट, डिष्ट्रिक सेक्रेटरी राजेन्द्र दाहाल, डिष्ट्रिक एडिसनल सेक्रेटरी ईश्वरीप्रसाद ढकाल लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
साथै क्लवले गरेका विभिन्न गतिविधिहरूको प्रतिवेदन क्लवका पूर्वअध्यक्ष विमल रिजाल, उपाध्यक्ष विनिल केसी, कोषाध्यक्ष देवेन्द्र केसी, सर्विस प्रोजेक्ट चेयर राजीव वली र रोटरियन रूपेश शर्माले प्रस्तुत गरेका थिए ।
सचिव सन्दिपन रिजालले सहजीकरण गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, भावी अध्यक्ष सुरेश हमाल, पूर्वअध्यक्ष अनुपकुमार श्रेष्ठ, कुशल तर्ताल, विजय केसी, ललित बहादुर घर्ती, तुफानबाबु श्रेष्ठ र उपाध्यक्ष यज्ञ बहादुर केसी लगायतको सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here