- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरक्वारेन्टाइनको क्षमता बढाइने

क्वारेन्टाइनको क्षमता बढाइने

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ९ जेठ । सल्यानमा क्वारेन्टाइनको क्षमता बढाइने भएको छ । जिल्लामा कोरोना भाइरस रोकथाम तथा स्वास्थ्य उपचारका लागि क्वारेन्टाइनको क्षमता बढाइने भएको हो ।
कपुरकोटमा बसेको सर्वपक्षिय बैठकले कोरोना भाइरसको रोकथाम तथा संक्रमितको उचारका लागि जिल्लाका हरेक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेटसहितको योजना तयार गरी अघि बढ्नुपर्ने विषयमा छलफल समेत गरेको छ ।
बैठकले कपुरकोट–३ मा रहेको क्वारेन्टाइनको क्षमता बढाएर ५० बेडको बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्षको सचिवालयले जनाएको छ ।
साथै कपुरकोट सिमाक्षेत्रमा अलपत्र एवं समस्यामा परेका नागरिकहरूको उद्धारका लागि कालिका मावि कपुरकोटको पुरानो भवनलाई मर्मत गरी सञ्चालनमा ल्याइने भएको छ ।
यसका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्ने निर्णय गरेको गाउँपालिकामा कार्यरत नासु शंकर केसीले जानकारी दिए ।
बैठकमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कोरोनाभाइरस विरूद्ध लड्न र संक्रमण भित्रिन नदिनका लागि गाउँपालिकाले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।
बैठकमा नेकपा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मीलगायत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरेको हो ।

२४ घण्टाको विरोध

यसैबीच कपुरकोट गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले २४ घण्टासम्म सवारी रोक्ने निर्णयलाई विरोध गरेको छ ।
बैठकमा सहभागीहरूले २४ घण्टासम्म सवारी साधन रोक्दा संक्रमणको जोखिम बढेको भन्दै गाउँपालिकाको निर्णय तत्काल हटाउनुपर्ने माग गरेका हुन् ।
गाउँपालिकाबाट बाहिरीले तथा गाउँपालिका भित्रिने सवारी साधनहरूलाई होल्ड गरेर राख्दा यात्रुहरू अलपत्र पर्ने र संक्रमणको जोखिम थप बढ्ने भएकाले सहज वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

किट खरिद गरिने

यसैबीच सल्यानका सबै स्थानीय तहले कोरोना परिक्षणका लागि भिटिएम खरिद गर्ने भएका छन् । मंगलबार बसेको विपद् ब्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहले कम्तीमा ५ सय भिटिएम किट खरिद गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए ।
कोरोनाको आशंकामा लामो समयसम्म क्वारेन्टाइमा राख्नुभन्दा तत्काल संक्रमणको परिक्षण गर्नु उचित भएको भन्दै किट खरिद गर्ने निर्णय गरिएको पोख्रेलले बताए । किट खरिदका लागि जिल्लाका सबै स्थानीयहरूको तयारी भईरहेको उनले जानकारी दिए ।
यस्तै जिल्ला बाहिरबाट आएका नागरिकहरूलाई तत्काल क्वारेन्टाइनमा राखी स्वाव संकलन तयारी भएकोे शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जानकारी दिए ।
कोरोना परिक्षणका लागि संकलन गरिएका स्वाव कर्णाली प्रदेशको प्रयोगशाला सुर्खेत र प्रदेश ५ को दाङमा पठाइने उनले बताए ।
रोजगारीका लागि विभिन्न ठाउँमा गएका १६ हजारभन्दा बढी नागरिकहरू जिल्ला फर्कने क्रममा रहेकाले पिसिआर परिक्षणका लागि किट खरिद गर्न लागिएको विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here